पशुपति क्षेत्र विकास कोषका सदस्य सचिवलाई सोधियो स्पष्टीकरण

पशुपति क्षेत्र विकास कोषका सदस्य सचिवलाई सोधियो स्पष्टीकरण

[ad_1]

पशुपति क्षेत्र विकास कोषका सदस्य सचिवलाई सोधियो स्पष्टीकरण

घनश्याम खतिवडा/फाइल तस्वीर

२४ भदौ, काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति क्षेत्र विकास कोषमा कार्यकारी निर्देशक घनश्याम खतिवडालाई स्पष्टीकरण सोधेको छ । नयाँ कार्यकारी निर्देशक नियुक्त गर्ने योजनासहित खतिवडासँग स्पष्टकीरण सोधिएको पर्यटन मन्त्रालय स्रोतले बतायो ।

खतिवडालाई प्रचलित कानुन बमोजिम पदीय जिम्मेवारी पूरा गर्न नसकेको, शैक्षिक योग्यताको विषयमा महालेखा परीक्षणको प्रतिवेदनमा प्रश्न उठेको लगायतका कारण देखाउँदै खतिवडालाई प्रश्न सोधिएको हो ।

यसअघि चलचित्र पत्रकार रहेका खतिवडालाई तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराईले कार्यकारी निर्देशक नियुक्त गरेका थिए ।

अहिले ठेकदारसँग स्वार्थ बाझिने गरी सुपरिवेक्षक परिवर्तन गरेको, आर्थिक वर्ष २०७७/७८ मा परामर्श सेवा खरिद नगरी अघिल्लो वर्षको आधारमा भुक्तानी दिएको लगायतका आरोप लगाउँदै मन्त्रालयले बुधबार ३ दिनभित्र स्पष्टीकरण पेश गर्न भन्दै पत्र काटेको छ ।

मन्त्रीस्तरीय निर्णयबाट खतिवडालाई स्पष्टीकरण सोधिएको स्रोतले बतायो । कोषको सञ्चाालक परिषद्‍ले कार्याकारी निर्देशक नियुक्ति गर्न थालेका छन् ।

‘चुनावको मुखमा पशुपति क्षेत्र विकास कोषका पदाधिकारी परिवर्तन गर्न मन्ज्त्रीज्युको चासो छ,’ मनत्रालय स्रोतले भन्यो, ‘अन्य संस्थामा पनि को–को हटााएर नयाँ नियुक्ति दिलाउन सकिन्छ भनेर छलफल भएको छ ।’

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्