आन्दोलनको कार्यक्रम फिर्ता लेऊ  – Online Khabar

आन्दोलनको कार्यक्रम फिर्ता लेऊ  – Online Khabar

[ad_1]

२४ भदौ, काठमाडौं । नेपाल आयल निगम लिमिटेडले नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघलाई आन्दोलनको कार्यक्रम फिर्ता लिन आग्रह गरेको छ । निगमले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै महासंघलाई आन्दोलनको कार्यक्रम फिर्ता लिन आग्रह गरेको हो ।

महासंघले शुक्रबारदेखि भारतबाट ल्याउने पेट्रोलियम पदार्थको पीडीओ नलिने घोषण गरेको थियो भने शनिबारदेखि देशभर ढुवानी रोक्ने बताएको छ ।

महासंघको मागको सम्बन्धमा निगम व्यवस्थापन सकारात्मक भई समाधानका लागि आवश्यक पहल भइरहेको भन्दै आन्दोलनका कार्यक्रम फिर्ता लिन निगमले अनुरोध गरेको छ ।

महासंघको मागको सम्बन्धमा निगम सञ्चालक समिति पटक-पटक छलफल भई आवश्यक निर्णय हुने क्रममा रहेको भन्दै निगमले अति आवश्यकीय पेट्रोलियम पदार्थको आपूर्ति तथा बिक्री वितरणमा अवरोध नगर्न निगमले आग्रह गरेको छ ।

ढुवानी व्यवसायी महासंघको आन्दोलनका कारण गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलसहित तीन व्यस्त विमानस्थलमा हवाई इन्धन आपूर्ति ठप्प भएको छ ।

हेर्नुहोस् विज्ञप्तिः

आन्दोलनको कार्यक्रम फिर्ता लेऊ  – Online Khabar

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्