महानगरलाई बुझायो म्यारियटको क्यासिनोले मनोरञ्जन कर

महानगरलाई बुझायो म्यारियटको क्यासिनोले मनोरञ्जन कर

[ad_1]

महानगरलाई बुझायो म्यारियटको क्यासिनोले मनोरञ्जन कर

फाइल तस्वीर

२२ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले मनोरञ्जन कर बुझाउन ताकेता गरेपछि म्यारियट होटलको डेल्टिन क्यासिनोले कर बुझाएको छ । काठमाडौं महानगरका सूचना अधिकारी वसन्त आचार्यका अनुसार वडा नम्बर १ मा रहेको म्यारियट होटलको डेल्टिन क्यासिनाले १९ लाख ३७ हजार रुपैयाँ कर बुझाएको हो ।

आचार्यका अनुसार क्यासिनोले जरिबाना बाहेकको मात्रै रकम तिरेको हो । जरिबानाको हिसाब भइरहेको  र सञ्चालकले तिर्ने बताएको उनले बताए ।

१९ भदौमा काठमाडौं महानगरपालिकाको राजस्व विभागले ७ दिनभित्र जरिबानासहित मनोरञ्जन कर तिर्न ७ वटा स्टार होटलका क्यासिनोहरुलाई निर्देशन दिएको थियो । म्यारियटबाहेक अन्य होटलहरुले भने अहिलेसम्म तिरेका छैनन् ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्