धोबीचौरको अनधिकृत टहरा हटाउँदै महानगर – Online Khabar

धोबीचौरको अनधिकृत टहरा हटाउँदै महानगर – Online Khabar

[ad_1]

धोबीचौरको अनधिकृत टहरा हटाउँदै महानगर – Online Khabar

फाइल तस्वीर

२२ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले धोबीचौरमा रहेको अनधिकृत संरचना हटाउने भएको छ । वडा नम्बर १७ स्थित धोबीचौरमा रहेको अनधिकृत टहरा हटाउन महानगरले डोजर चलाउने भएको छ ।

बुधबार बिहान महाराजगञ्ज, बसन्धुरा क्षेत्रमा रहेको अनधिकृत संरचनामा डोजर चलाएको महानगरले धोबीचौरको अनधिकृत टहरा हटाउने भएको महानगरले जनाएको छ ।

महानगरपालिकाले पछिल्लो समय अनधिकृत संरचनाहरु हटाउँदै आएको छ । सोही क्रममा बुधबारदेखि वडा नम्बर १७ मा रहेका अनधिकृत संरचना हटाउन सूरु गरिएको नगर प्रहरी उपरीक्षक शिव पौडेलले जानकारी दिए ।

‘क्षेत्रपाटी, धोबीचौर क्षेत्रमा अनधिकृत संरचना, फुटापाथ अतिक्रमण लगायत समस्या रहेकोले डोजरको प्रयोग गरेर हटाउन लागेका हौं । महानगरको सूचना बेवास्ता गरेपछि डोजर चलाउन हामी बाध्य बनेका हौं । ’

वडास्तरबाट महानगरमा भएको रिपोर्टिङको आधारमा अनधिकृत संरचनाहरु महानगरपालिकाले हटाउँदै आएको महानगरको भनाइ छ ।

काठमाडौं महानगरले ३२ वटै वडाध्यक्षहरुलाई आफ्नो वडामा रहेको अनधिकृत संरचना, नक्सा अनुसार वेसमेन्ट प्रयोजन भए/नभएको र फुटपाथ अतिक्रणको अनुगमन गरेर हटाउन अनुरोध गरेको थियो । वडाबाट भएको निर्देशन नटेरेमा नगर प्रहरीले बल प्रयोग गरेर हटाउँदै आएको छ ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्