अफ्ताब आलमलाई टिकट नदिने कांग्रेस महामन्त्रीको संकेत

अफ्ताब आलमलाई टिकट नदिने कांग्रेस महामन्त्रीको संकेत

[ad_1]

अफ्ताब आलमलाई टिकट नदिने कांग्रेस महामन्त्रीको संकेत

गगन थापा । फाइल तस्वीर

१७ भदौ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जेलमा रहेका अफ्ताब आलमलाई पार्टीले प्रतिनिधिसभा सदस्यको उम्मेदवार नबनाउने संकेत गरेका छन् ।

साहित्यकार रामलाल जोशीको पुस्तक ‘बाआमा’ सार्वजनिक कार्यक्रममा साहित्यकार नयनराज पाण्डेले आलमलाई उम्मेदवार बनाउन सिफारिस गरेकोमा प्रश्न उठाएका थिए । ‘इँटा भट्टामा मान्छे जलाएको अभियोग लागेकालाई कांग्रेसले उम्मेदवार बनाउँदैछ, यसका बारेमा हाीले कथा लेख्ने दिन आउँदैछ’ उनले बोलेका थिए ।

उनीपछि बोलेका कांग्रेस महामन्त्री थापाले आलमको नाम त लिएनन्, तर नैतिकताको प्रश्न उठेकालाई समेत सांसद नबनाइने बताए । थापाले भने, ‘संविधानले बर्जित गरेको मात्र होइन, नैतिकताको कसीमा राखेर हेर्दा यो निर्णय हामीले गरेको हो भनेर छाती ठोकेर भन्न नसक्ने कुनै पनि निर्णय हाम्रो पार्टीले गर्दैनौं ।’

कांग्रेसको रौतहटको क्षेत्र नम्बर २ को क्षेत्रीय समितिले पुर्पक्षका लागि जेलमा रहेका आलमलाई उम्मेदवार बनाउन सर्वसम्मत रुपमा सिफारिस गरेको छ ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्