यसपाली ‘टुरिष्ट’ लाई उम्मेदवार नबनाऔं – Online Khabar

यसपाली ‘टुरिष्ट’ लाई उम्मेदवार नबनाऔं – Online Khabar

[ad_1]

यसपाली ‘टुरिष्ट’ लाई उम्मेदवार नबनाऔं – Online Khabar

हरिकृष्ण ब्यञ्जनकार

१५ भदौ, काठमाडौं ।  नेकपा एमालेभित्र ललितपुर क्षेत्र नम्बर ३ मा यसपालीका चुनावमा स्थानीयस्तरबाटै उम्मेदवार उठाउनुपर्ने दबाव बढेको छ ।

२०४८ सालयता सबै चुनावमा निर्वाचन क्षेत्र बाहिरका उम्मेदवार उठाएको र उनीहरुले निर्वाचन क्षेत्रका लागि खास योगदान नगरेको भन्दै अबको चुनावमा निर्वाचन क्षेत्रभित्रैबाट उम्मेदवार बनाउनुपर्ने बारेमा छलफल अघि बढिरहेको हो ।

एमालेले आउँदो भदौ २२ गतेभित्र उम्मदेवारको सूचि पठाउन निर्वाचन क्षेत्रका पदाधिकारीलाई निर्देशन दिएको छ । एमाले ललितपुर महानगरका इञ्चार्ज हरिकृष्ण व्यञ्जनकारले निर्वाचन क्षेत्रभन्दा बाहिरको उम्मेदवारलाई टिकट नदिन दबाव बढेको र त्यही अनुसार नै निर्णय हुने बताए ।

‘अहिले ललितपुर ३ भित्रैबाट उम्मेदवारहरु तयार हुनुभएको छ, यहाँका जनताको पनि लोकल मान्छे नै चाहिन्छ भन्ने माग छ,’ व्यञ्जनकारले अनलाइनखबरसँग भने, ‘४८ यता नै बाहिरहका मान्छेले ललितपुर–३ बाट चुनाव जित्दै आएका छन्,अहिले हामीले त्यसो गर्दैनौं ।’

एमालेले ललितपुर ३ मा ४८ मा जनमोर्चाका लिलामणि पोखरेललाई समर्थन गरेको थियो । ०५१, ५६ र ६४ र ७० मा रघुजी पन्त र ०७४ मा वाम गठबन्धनका तर्फबाट पम्फा भुसाललाई उम्मेदवार बनाएको थियो ।

एमाले स्रोतका अनुसार, क्षेत्र नम्बर ३ बाट ज्यापु महागुठी ललितपुरका अध्यक्ष तथा वागमती प्रदेश कमिटीका सदस्य रघुनाथ महर्जन, वागमती प्रदेश कमिटी सदस्य अमृत खड्का र एमालेको ललितपुर जिल्ला कमिटी सदस्य प्रेमभक्त महर्जन आकांक्षी छन् ।

यी तीनैजना नेताको नाम केन्द्रमा पठाउने तयारी भइरहेको व्यञ्जनकारले बताए । रघुनाथले यसअघि ललितपुर–३ मा पार्टी अध्यक्ष भएर लामो समय काम गरेका थिए, खड्का ५४ सालमै भैंसेपाटी गाविसका अध्यक्ष भएका थिए भने प्रेमभक्त महर्जन दुईपटकसम्म बुङमती गाविसका अध्यक्ष भइसकेका छन् ।

ललितपुर क्षेत्रनम्बर ३ मा ०४८ सालको चुनावमा जनमोर्चाका लिलामणि पोखरेल, ०५१ र ०५६ को चुनावमा एमालेका रघुजी पन्त, ०६४ र ०७४ को चुनावमा माओवादीका पम्फा भुसाल र ७० को चुनावमा कांग्रेसका मदन अमात्य विजयी भएका थिए । यी सबै नेताहरु ललितपुर-३ का स्थायी बासिन्दा होइनन । त्यसैले यसपटक स्थानीय स्तरका नेताहरु नै उठाउने मनस्थितिमा आफ्नो पार्टी पुगेको व्यञ्जनकारले बताए ।

ललितपुर ३ मा एमालेको करिब २१ हजार भोट छ । नेपाली कांग्रेसको २२ हजार मत छ भने माओवादीको ८ हजार र नेकपा एकीकृत समाजवादीको मत ५ हजार मत छ । ललितपुर क्षेत्र नम्बर ३ मा गोदावरी नगरपालिकाका २ वटा वडा (१२ र १४) तथा ललितपुर महानगरपालिकाका २० वटा वडा (१–५, १०, १३–१५, १८, २०–२९) पर्छन् ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्