प्रधानमन्त्री देउवाले उचाले विश्वकपको ट्रफी – Online Khabar

प्रधानमन्त्री देउवाले उचाले विश्वकपको ट्रफी – Online Khabar

[ad_1]

१५ भदौ, काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटको ट्रफीलाई प्रधानमन्त्री निवास बालुवाटार लगिएको छ ।

टुरका क्रममा नेपाल ल्याइएको ट्रफी प्रधानमन्त्री शेरबहादुर देउवालाई अवलोकन गराउन बालुवाटार लगिएको हो ।

राष्ट्रिय टिमका पूर्व कप्तान विनोद दास, महिला क्रिकेट टिमकी कप्तान रुबिना क्षेत्री, नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दसहितका केही पदाधिकारी, ट्रफी टुरमा आएका अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीका प्रतिनिधि ट्रफीसहित बालुवाटार पुगेका थिए ।

प्रधानमन्त्री देउवाले ट्रफी र क्रिकेटरसँग तस्वीर मात्र खिचाएनन् । उनले ट्रफी उचालेर अवलोकन पनि गरेका थिए ।

यसअघि ट्रफीलाई आजै (बुधबार)भक्तपुरमा सार्वजनिक गरिएको थियो । ट्रफीलाई गोक्यो ताल र कालापत्थरमा लैजाने भनिए पनि हिजो र आज दुवै दिन मौसम खराब भएका कारण लैजान नसकेको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।

प्रधानमन्त्री देउवाले उचाले विश्वकपको ट्रफी – Online Khabar

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्