मिटरब्याज पीडितहरुले पर्सी बालुवाटार घेर्ने, नागरिक आन्दोलनको साथ

मिटरब्याज पीडितहरुले पर्सी बालुवाटार घेर्ने, नागरिक आन्दोलनको साथ

[ad_1]

मिटरब्याज पीडितहरुले पर्सी बालुवाटार घेर्ने, नागरिक आन्दोलनको साथ

फाइल तस्वीर

१४ भदौ, काठमाडौं । मिटर ब्याज ठगीविरुद्ध किसान मजदुर समितिले बालुवाटार मार्च गर्ने भएको छ । काठमाडौंमा सडक संघर्ष थालेको एक महिना पुग्न लागेको सन्दर्भमा समितिले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार घेराउ गर्न लागेको हो ।

संघर्ष समितिका संयोजक राम सुरत गुप्ताका अनुसार समितिले पर्सी बिहीबार २ बजे बालुवाटार मार्च गर्नेछ । उनले वक्तव्य निकाल्दै आफ्नो न्यायका लागि बोलिदिन आग्रह गरेका छन् ।

उनीहरुले दोषी मिटरब्याजी साहुहरुलाई धरौटीमा छुट्न नदिन सरकारसँग माग गरेका छन् । साथै उनीहरुले ऋणभन्दा बढी रकम तिरिसकेका पीडितहरुलाई ऋणमुक्त घोषणा गर्न पनि माग गरेका छन् ।

आन्दोलनलाई बृहत् नागरिक आन्दोलनको तर्फबाट सन्जीव उप्रेती, नारायण वाग्ले, भास्कर गौतम, अर्चना थापालगायतले साथ दिइरहेका छन् ।

अनलाइनखबरसँग कुरा गर्दै नागरिक अगुवा उप्रेतीले आन्दोलनको माग सुनुवाई गर्न ढिलाई भइरहेकोमा रोष प्रकट गरे । उनले बालुवाटार मार्चमा साथ दिन सबैलाई अपिल पनि गरेका छन् ।

हेर्नुस् विज्ञप्ति 

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्