तातोपानी नाका बन्द भएपछि अर्जुनले सुरु गरे कृषि – Online Khabar

तातोपानी नाका बन्द भएपछि अर्जुनले सुरु गरे कृषि – Online Khabar

[ad_1]

तातोपानी नाका बन्द भएपछि अर्जुनले सुरु गरे कृषि – Online Khabar

तरकारी खेतीको प्रतिनिधिमूलक तस्वीर ।

१४ भदौ, चौतारा । विसं २०७२ को भूकम्पअघि तातोपानी नाकामा व्यापार गरेर वार्षिक लाखौं कमाउने भोटेकोसी गाउँपालिका–१ लिस्तीका अर्जुन सापकोटाले नाका बन्द भएपछि विकल्पको रूपमा कृषि पेशा रोजेका छन् ।

सापकोटाले लिस्तीको सेमुङ र चतलीमा तीन सय ३० रोपनी जग्गा भाडामा लिएर कृषि पेशा सुरु गरेका हुन् । तातोपानी नाका बन्द भएपछि एक करोड ५० लाखको लगानीमा कृषि व्यावसाय सुरु गरेका सापकोटाले किवी, आलु, लसुनको खेती तथा उन्नत जातका बाख्रापालन गरेका छन् ।

उनले गत वर्ष मात्र किवीबाट पाँच लाख आम्दानी गरेको बताए । सापकोटाले यो वर्ष किवीको मात्रै तीन हजार सात सय बिरुवा लगाएका छन् र १० जना जतिलाई रोजगारीसमेत दिएका छन् ।

सापकोटाले अबका ‘केही समयमा नै कृषि व्यवसायबाट वार्षिक रु २५ लाख बराबरको आम्दानी गर्ने सोच रहेको बताए । सापकोटाले आफूले मात्रै नभएर गाउँका एक सय घरपरिवारलाई पनि आधुनिक कृषि प्रणालीमा जोडेका छन् ।

अहिले गाउँका एक सय घरपरिवार मिलेर पाँच सय रोपनी जग्गामा सामूहिक आलुखेती गरेका छन् । उक्त सामूहिक खेतीबाट यस वर्ष रु ५० लाखको आलु उत्पादन भएको छ । उनीहरूको यो उदाहरणबाट गाउँका अरु नागरिक पनि यस्तै पेशातर्फ आकर्षित भएका छन् ।

तातोपानीबाट सामान ल्याएर यहाँ र काठमाडौँमा नै व्यापार व्यवसाय गर्ने गरेका यहाँका कैयौँ स्थानीय सो नाका बन्द भएपछि यहाँ कृषि पेशा अपनाउन पनि थालेका छन् ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्