देउवासहित कांग्रेस पदाधिकारीहरु राष्ट्रपति कार्यालयमा

देउवासहित कांग्रेस पदाधिकारीहरु राष्ट्रपति कार्यालयमा

[ad_1]

देउवासहित कांग्रेस पदाधिकारीहरु राष्ट्रपति कार्यालयमा

फाइल तस्वीर ।

१३ भदौ, काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीका पदाधिकारी लिएर राष्ट्रपति निवास पुगेका छन् ।

राष्ट्रपति भण्डारीलाई भेट्न देउवासँगै पार्टीका उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, केन्द्रीय सदस्य तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की शीतलनिवास पुगेका हुन् ।

भेटको एजेण्डाका बारेमा भने कांग्रेस नेताहरुले केही खुलाएका छैनन् । कांग्रेसका नेतृत्वको गठबन्धन सरकारले ल्याएको नागरिकता विधेयक प्रतिनिधिसभा र राष्ट्रियसभाले पारित गरेर पठाएकामा राष्ट्रपतिले फिर्ता पठाएकी छिन् ।

उक्त विधेयक प्रतिनिधिसभाले पारित गरिसकेको छ भने राष्ट्रियसभाले विधायन समितिमा छलफलका लागि पठाएको छ । कांग्रेस नेताहरुले राष्ट्रपतिले विधेयक फिर्ता पठाएकामा असन्तुष्टि जनाएका छन् भने राष्ट्रपतिले पनि आफूले सन्देशसहित फिर्ता पठाएको विधेयक छलफल नगराई हुबहु पारित गरेर पठाएकामा असन्तुष्टि जनाएकी छन् ।

नेताहरुले भेटमा नागरिकता विधेयको विषयमा छलफल हुन सक्ने बताएका छन् ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्