कलेजका ५१ विद्यार्थी परे ट्राफिक प्रहरीको कारबाहीमा

कलेजका ५१ विद्यार्थी परे ट्राफिक प्रहरीको कारबाहीमा

[ad_1]

कलेजका ५१ विद्यार्थी परे ट्राफिक प्रहरीको कारबाहीमा

मदिरा सेवन गरी स्कुल बस चलाउँदै गरेका चालकको मादव पदार्थ सेवन चेकिङ गर्दै ।

१ भदौं, काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले विशेष चेकिङ अभियानअन्तर्गत बुधबार ५१ जना कलेजका विद्यार्थीहरुलाई कारवाही गरेको छ ।

प्रहरीले सवारी चालक अनुमति पत्र प्राप्त नगरी सवारी साधन चलाउने २७ जना, आवश्यक कागजपत्र साथमा नराखी सवारी साधन चलाउने ३ जना र विविध कसूरमा २१ जना गरी ५१ जना कलेजका विलार्थीहरुलाई कारबाही गरेको ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले बताए ।

प्रवक्ता भट्टका अनुसार बुधबार बिहानको नियमित चेकिङमा विविध ट्राफिक नियम उल्लङ्घन गर्ने पानी ट्याङ्करका चालक १ सय ७ जना, एम्बुलेन्सका चालक ४ जना र २ सय १६ जना अन्य सवारी चालक तथा मदिरा सेवन गरी स्कुल बस चलाउँदै गरेका एक जना गरी ३ सय २८ चालक ट्राफिक प्रहरीको कारबाहीमा परेका हुन् ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्