दुई एसपीको कमान्डमा बञ्चरेडाँडामा फोहोर फालिंदै – Online Khabar

दुई एसपीको कमान्डमा बञ्चरेडाँडामा फोहोर फालिंदै – Online Khabar

[ad_1]

दुई एसपीको कमान्डमा बञ्चरेडाँडामा फोहोर फालिंदै – Online Khabar

फाइल तस्वीर

१ भदौ, काठमाडौं । काठमाडौंको फोहोर बन्चरेडाँडामा फाल्नका लागि दुई जना प्रहरी उपरीक्षक (एसपी) खटिएका छन् ।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दिनेराज मैनाली र सशस्त्र प्रहरीका एसपी ज्ञानप्रसाद भुर्तेलको टोली बन्चरेडाँडा खटिएका हुन् । यसअघि काठमाडौंबाट फोहोरको गाडी बोकेर गएका गाडीको सुरक्षाका लागि एसपीभन्दा तल्लो दर्जाका सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

तर मंगलबार स्थानीयको अवरोध चिर्न रबरको गोली नै प्रहार गर्नु परेको थियो । बल प्रयोग गरेर १८६ गाडी फोहोर मंगलबार बन्चरेडाँडामा पुर्याइएको थियो ।

बुधबार फोहोरको गाडी बोकेर बन्चरेडाँडा पुगेका गाडीलाई फोहार फाल्न स्थानीयले अवरोध खडा गरेपछि प्रहरी र स्थानीय बीच झडप समेत भएको छ । सो क्रममा प्रहरीले एकजनालाई नियन्त्रणमा समेत लिएको छ ।

‘स्थानीयको अवरोध खुलाउन हामी आफैं फिल्डमा छौं । प्रहरीको सुरक्षा घेरामा काठमाडौंको फोहोर बञ्चरेडाँडामा खसिरहेको छ । स्थानीयको अवरोध हटाएर फोहोर फाल्ने काम भइरहेको छ’ मैनालीले अनलाइनखबरसँग भने ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्