टेलिफोन र इन्टरनेटका अव्यवस्थित तार हटाइँदै (फोटो फिचर)

टेलिफोन र इन्टरनेटका अव्यवस्थित तार हटाइँदै (फोटो फिचर)

[ad_1]

३० जेठ, काठमाडौं । काठमाडौं महानगरपालिका भित्र अहिले अव्यवस्थित टेलिफोन, इन्टरनेट लगायतका तार व्यवस्थापनको काम धमाधम भइरहेको छ । महानगरपालिकाको ताकेतापछि सेवा प्रदायक कम्पनीहरुले टेलिफोन, इन्टरनेट, केवल लगायतका तारहरु व्यवस्थित गर्ने उदेश्यले तार काट्ने काम भइरहेको हो ।

तर, व्यवस्थापनको नाममा काटिएका तारहरू सडक पेटीमा अलपत्र छोडिंदा त्यसले झन् दुर्घटनाको जोखिम बढाएको पैदल यात्रुहरू बताउँछन् ।

बानेश्वर, थापागाउँ लगायत क्षेत्रमा सेवा प्रदायक कम्पनीहरुले तार काटेर फुटपाथमै भद्रगोल रूपमा छोड्दा अल्झिएर लड्ने खतरा बढेको उनीहरू बताउँछन् ।

टेलिफोन र इन्टरनेटका अव्यवस्थित तार हटाइँदै (फोटो फिचर)‘तार व्यवस्थापन गर्दा राम्रो त देखिन्छ । तर, यो पनि सुरक्षित गर्नुपर्‍यो नि, अहिले बाटोमा हिँड्दा अल्झिने समस्या छ, फुटपाथको रेलिङमा बाँधेर राख्दा अर्को खतरा देखिएको छ,’ पैदल यात्रु निकिता श्रेष्ठ बताउँछिन् ।

काठमाडौं महानगर प्रहरीले यो विषयमा ध्यानाकर्षण भएको भन्दै एकीकृत तार व्यवस्थापन गर्दा निस्केका तारहरुलाई सुरक्षित व्यवस्थापन गर्न निर्देशन दिने जनाएको छ । 

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्