एसियन जुडोमा पुनमलाई कांस्य – Online Khabar

एसियन जुडोमा पुनमलाई कांस्य – Online Khabar

[ad_1]

एसियन जुडोमा पुनमलाई कांस्य – Online Khabar

पुनम श्रेष्ठ

२८ जेठ, काठमाडौं । किर्गिस्तानको बिस्केकमा आयोजित एसिया सिनियर जुडो च्याम्पियनसिपमा नेपालकी पुनम श्रेष्ठले कांस्य पदक जितेकी छन् ।

आइतबार सम्पन्न ७० केजीमुनि तौलसमूहमा रिपिचेजतर्फ कांस्य पदकका लागि भएको प्रतिस्पर्धामा पुनमले घरेलु खेलाडी बाखानोभा गुल्नुरलाइ पराजित गरेकी हुन् । पुनमले पहिलो चरनमा किर्गिस्तानकै सुल्तानशोभा उजारालाइ हराएकी थिइन् भने दोस्रो चरणमा किर्गिस्तानकै अल्माजोभा साउलोसँग गोल्डेन स्कोरमा पराजित भएकी थिइन् ।

पुनम २०१९ मा नेपालमै सम्पन्न १३औं दक्षिण एशियाली खेलकुदको स्वर्ण बिजेत समेट हुन् । एसियन च्याम्पियनसिपमा नेपालबाट यसअघि मनिता श्रेष्ठले कांस्य पदक जितेकी थिइन् ।

प्रतियोगितामा नेपालबाट २ खेलाडी समावेश थिए । पुरुषतर्फ इन्द्रबहादुर श्रेष्ठ भने ६६ केजीमुनि तौलसमूहको दोस्रो चरणमा किर्गिस्तानकै जुमागेल्दिनसँग पराजित रहे । प्रतियोगितामा ९ देशका २१४ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

 

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्