मालपोत र लेखापढी सेवा एकै ठाउँमा – Online Khabar

मालपोत र लेखापढी सेवा एकै ठाउँमा – Online Khabar

[ad_1]

मालपोत र लेखापढी सेवा एकै ठाउँमा – Online Khabar

दाजुभाइ लेखापढी सेवा छ र त्यससँगै जोडिएको सटरमा रहेको मालपोतको सेवा केन्द्र (निलो पर्दामा) ।

२६ जेठ, चितवन । सरकारले मालपोत कार्यालय भित्र लेखापढी व्यवसायी (भूसेवा प्रदायक)लाई प्रवेशमा रोक लगाएको छ । तर, चितवनको भरतपुर महानगरपालिका–२० स्थित चनौली मालपोत कार्यालयमा भने लेखापढी व्यवसायीहरूले कार्यालय परिसरभित्रै आफ्ना ‘कार्यालय’ खोलेका छन् ।

वल्लो कोठाको सटरमा लेखापढी दाजुभाइ सेवा छ भने त्यससँगै जोडिएको अर्को सटरमा निलो पर्दा लगाएर मालपोतको सेवा केन्द्र छ । लेखापढीलाई हिजोआज भूसेवा प्रदायक भन्ने गरिएको छ । उनीहरुलाई कार्यालयको वेभसाइट भित्रको सफ्टवेयरमा सेवाग्राहीका विवरण राख्न मिल्ने गरी व्यवस्था गरिएको छ । उनीहरूले राखेका विवरण हेर्ने, रुजू गर्ने, ठिक भए नभएको जाँच गर्ने मालपोतको अफिस पनि आडमै जोडिएको छ ।

चनौली मालपोत कार्यालय प्रमुख नरहरी सापकोटाले आफूले चाहेर पनि लेखापढीको सेवा दिनेहरुलाई हटाउन नसकेको बताए । उनले कार्यालय बसेको आडैको घर अर्को व्यक्तिको भएकाले उनीहरुलाई हटाउन नसकिएको बताए ।

‘हामीहरु भाडाको घरमा छौं, हामीले जति भाडामा लिएका छौं त्यति भित्र मात्रै हाम्रो अधिकार हो, त्योभन्दा बाहिर अरुले आफ्नो निजी सम्पत्ती भाडामा लगाएका छन्, हटाउन चाहेर पनि सकेनौं’ कार्यालय प्रमुख सापकोटा भन्छन्, ‘त्यसैले त मैले भनेको छु यो सरकारी कार्यालय भएर पनि सेवाग्राही मैत्री भएन ।’

चनौली मालपोत कार्यालय वरपर भूसेवा सञ्चालन गर्ने लेखापढी व्यावसायी झण्डै २१ जना छन् । उनीहरु मातहत अरू पनि छन् ।

चनौली मालपोत कार्यालय प्रमुख नरहरी सापकोटा

अदालतले जाँच लिएर लेखापढी व्यवसाय गर्न लाइसेन्स दिने गर्छ । कार्यालयसँग सम्वन्धित भूसेवा कामका लागि कतिलाई स्थान दिने भन्ने कुरा हरेक नयाँ आर्थिक वर्षको साउनमा निर्धारण गरिन्छ । कारोबार धेरै देखे धेरै लोभिएर स्वीकृतीका लागि आउँछन्, कम भए आउँदैनन् ।

लेखापढी व्यवसायी कार्यालय भित्रै आउँदा त्यसैले विचौलियाको काम गर्ने र सेवाग्राहीहरु एकातिर ठगिने र अर्कोतिर कार्यालयप्रति जनतामा अविश्वास र आशंका पैदा गराउने काम भएको कार्यालय प्रमुख सापकोटाको भनाइ छ । ‘चाँडै काम गर्दिन्छु भनेर सेवाग्राहीसँग रकम लिने, पैसा नदिई हुँदैन नी हजुर भन्ने, हामीलाई घुस्याहा देखाउने तर आफैं खाने,’ कार्यालय प्रमुख सापकोटा भन्छन्, ‘उनीहरुकै कारणले जनताले धारे हात लगाउँछन् हामीलाई, सरकारी कार्यालय र कर्मचारी बदनाम गराउन उनीहरुकै भूमिका छ ।’

लमजुङ्गबाट जग्गा पास लिन आएकी शान्ति गुरूङले लेखापढीलाई चार हजार रकम बुझाएको बताइन् । ‘पहिला तीन हजार मागे, पछि फेरी पुगेन भनेर १ हजार दिन भने’ बिहीबार कार्यालय परिसरमा भेटिएकी शान्तिले भनिन्, ‘तर बिल केही दिएनन् ।’

अफिस चलाएर मालपोतको सफ्टवेयरमा डाटा भर्ने लेखापढीले मनपरी शुल्क लिने गरेको गुनासो आए पनि नियन्त्रण गर्न नसकिएको कार्यालय प्रमुख सापकोटाको स्वीकारोक्ति छ । सेवाग्राहीसँग मनपरी लिने, कर पनि नतिर्ने र लेखापढीले मालपोतका कर्मचारीको कार्यालयकै बदनाम गराएको बुझाइ उनको छ । कार्यालय व्यवस्थित ठाउँमा भएको भए उनीहरूलाई कार्यालय भित्रै प्रवेश रोक लगाउन सकिने तर अहिलेको संरचनाले चाहेर पनि नसकेको कार्यालय प्रमुख सापकोटाको दावीे छ ।

कार्यालय सार्ने चाहना

अहिले भएको संरचना जीर्ण, पुरानो र सेवाग्राही मैत्री नभएकाले कार्यालय प्रमुख भएर आएदेखि नै कार्यालय भवन सार्ने सुरुमा कस्सिएका थिए, सापकोटा । उनले वडा नं. १८ मा पनि कुरा गरे । भाडाकै घर भए पनि राम्रो र सुविधा सम्पन्न घर खोजे । तर, कार्यालय नियोजित रुपमा सार्न खोज्यो भनेर हल्ला मच्चाएर विभागसम्म नै उजुरी गर्ने काम गरिएको उनको गुनासो छ ।

राजनीतिक पार्टीहरु एक ढिक्का भएर विरोध गरे । ठूलो तनाव हुने देखेपछि आफू अहिले चुपचाप बसेको कार्यालय प्रमुख सापकोटा बताउँछन् ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्