आयात प्रतिबन्धको १० महिनामा भित्रियो सवा करोडको प्लाष्टिकको माला

आयात प्रतिबन्धको १० महिनामा भित्रियो सवा करोडको प्लाष्टिकको माला

[ad_1]

आयात प्रतिबन्धको १० महिनामा भित्रियो सवा करोडको प्लाष्टिकको माला

फाइल तस्वीर

२२ जेठ, काठमाडौं । सरकारले वातावरण संरक्षणका लागि भन्दै प्रतिबन्ध घोषणा गरेको १० महिनामा प्लाष्टिकका फूल मालाको आयात निर्वाद रूपमा भइरहेको पाइएको छ ।

सरकारले १६ साउन २०७९ मा नेपालभर प्लाष्टिकको फूल गुच्छाको उत्पादन, आयात र बिक्री वितरणमा रोक लगाएको थियो । तर, त्यस यताको वैशाखसम्म नेपाल भित्र २ करोड ९ लाख २८ हजार रुपैयाँ बराबरको ७१ हजार ६२ किलो यस्ता कृत्रिम फूलमाला भित्रिएको भन्सार विभागले जनाएको छ ।

प्रतिबन्ध अघि नेपालमा ९२ लाख १८ हजार रुपैयाँ बराबरको २८ हजार ६८५ किलो यस्ता माला नेपाल भित्रिएका थिए । तर, सरकारले प्रतिबन्ध घोषणा गरेयता मात्रै १ करोड १७ लाख १० हजार मूल्य बराबरका ४२ हजार ३७७ किलो यस्ता फूल माला नेपाल भित्रिएको छ ।

के भन्छ वातावरण विभाग ?

अवैध फूल माला आयातबारे वातावरण विभागले भने अनविज्ञता प्रकट गर्‍यो । अवैध प्लाष्टिकका फूलमाला आयातबारे आफूहरुसँग विवरण नभएको विभागका प्रवक्ता शंकरप्रसाद पौडेलले बताए ।

भन्सारको तथ्याङ्‍कमा देखिएका यस्ता फूल मालाको विवरणबारे आफूहरुलाई थाहा नभएको र यस्ता फूल माला नआएको दाबी भन्सारले  गरेको पौडेलको भनाइ छ ।

‘हामीलाई यस्ता वस्तु आएको जानकारी छैन, भन्सारलाई सोध्दा पनि आयात नभएको भन्छ,’ प्रवक्ता पौडेलले भने,‘भन्सारलाई सोधेर मात्रै तपाईंहरुलाई थप भन्न सक्छौं । ’

सरकारले वातावरण संरक्षणकाकै लागि यस्ता वस्तुको आयात, बिक्री वितरण र ओसारपोसार रोक्ने नीति लिएको विभागको दाबी छ ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्