यी हुन् हजारभन्दा कम जनसंख्या भएका ११ जाति – Online Khabar

यी हुन् हजारभन्दा कम जनसंख्या भएका ११ जाति – Online Khabar

[ad_1]

यी हुन् हजारभन्दा कम जनसंख्या भएका ११ जाति – Online Khabar

फाइल तस्वीर : राउटे जाति

१९ जेठ, काठमाडौं। नेपालमा सबैभन्दा कम जनसंख्या भएका ११ जाति रहेका छन् । राष्ट्रिय जनगणना २०७८ अनुसार  उनीहरुको जनसंख्या एक हजारभन्दा कम रहेको छ। एक हजारभन्दा कम जनसंख्या हुने जातिहरुमा कलार, फ्री, कोचे, टोप्केगोला, राउटे,  वालुङ, ल्होमी, सुरेल, कुसुण्डा, वनकरिया र नुराङ जातिका छन् ।

राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार कलार जातिको जनसंख्या ९३१, फ्री जातिको जनसंख्या ९२१,  कोचे जातिको जनसंख्या ८४७,  टोप्के गोलाक जातिको जनसंख्या ७४२, राउटे जातिको जनसंख्या ५६६ मात्र रहेको छ ।

यस्तै वालुङ जातिको जनसंख्या ४८१, ल्होमी जातिको जनसंख्या ३५५, सुरेल जातिको जनसंख्या ३१८, कुसुण्डा जातिको जनसंख्या २५३,  वनकरियाको जनसंख्या १८० र नुराङ जातिको जनसंख्या ३६ मात्र रहेको राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ ।

२०६८ सालको जनगणनामा सबैभन्दा थोरै कुसुन्डा २७३ जना थिए भने नुराङ जातिको संख्या २७८ थियो ।

राष्ट्रिय जनगणना २०७८ को नतिजा चैत १० प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सार्वजनिक गरेका थिए ।

नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ । जसमध्ये पुरुषको संख्या १ करोड ४२ लाख ५३ हजार ५५१ (४८.९८ प्रतिशत) र महिलाको संख्या १ करोड ४९ लाख ११ हजार २७ (५१.०२ प्रतिशत) छ । जस अनुसार लैङ्गिक अनुपात अर्थात् प्रति १०० जना महिलामा पुरुषको संख्या ९५.५९ जना रहेको छ।

जाति जनसंख्या प्रतिशत
कलार ९३१
फ्रि ९२१
कोचे ८४७
टोपकेगोला ६४२
राउटे ५६६
वालुङ ४८१
ल्होमी ३५५
सुरेल ३१८
कुसुन्डा २५३
वनकरिया १८०
नुराङ ३६

 

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्