विवाह गरेर पत्नीसहित अष्ट्रेलिया लागे लोकगायक रमेश बीजी

विवाह गरेर पत्नीसहित अष्ट्रेलिया लागे लोकगायक रमेश बीजी

[ad_1]

काठमाडौं । गायक तथा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानका पूर्वअध्यक्ष रमेश बीजीले विवाह गरेका छन् । गृहजिल्ला स्याङ्जाकी शर्मिला श्रेष्ठसँग उनले प्रेमविवाह गरेका हुन् । यी दुईले लामो समयदेखि प्रेमलाई गुपचुप राखेका थिए । यसै साता अष्ट्रेलियातर्फ लाग्नुअघि उनीहरुले विवाहबारे सार्वजनिक गरेका हुन् ।

केही महिनाअघि नै उनीहरुले विवाह गरेको हल्ला फैलिएको थियो तर यसलाई उनीहरुले स्वीकारेका थिएनन् । अहिले भने उनीहरुको विवाहको तस्वीर सार्वजनिक भएको छ । अहिले भने गायक बीजीले आफैं यसबारे सार्वजनिक गरेका हुन् ।

विवाहको खबर बाहिरिएपछि उनीहरुलाई सामाजिक सञ्जालमा बधाई र शुभकामनाको ओइरो छ । दुई दशकदेखि लोकगायनमा सक्रिय बीजी अहिले पत्नीसहित अष्ट्रेलियातर्फ उडेका छन् । मंगलबार उनीहरु त्यसतर्फ लागेका हुन् । केही समय उनीहरु अष्ट्रेलियामै बसोबास गर्ने जनाइएको छ ।

विवाह गरेर पत्नीसहित अष्ट्रेलिया लागे लोकगायक रमेश बीजी

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्