मण्डलामा नाटक ‘बुद्ध र भिखारी’को मञ्चन सुरु (तस्वीर)

मण्डलामा नाटक ‘बुद्ध र भिखारी’को मञ्चन सुरु (तस्वीर)

[ad_1]

काठमाडौं । चुलाचुली थिएटरको प्रस्तुतिमा लोककथामा आधारित नाटक ‘बुद्ध र भिखारी’को नियमित मञ्चन मण्डला थिएटरमा सुरु भएको छ । गत साता बौद्धस्थित लिच्छवि हाउसमा मञ्चन भएको यो नाटकलाई जेठ १६ देखि ३२ गतेसम्म नियमित मञ्चन गरिने भएको छ ।

अनिल सुब्बाको निर्देशन र परिकल्पना रहेको नाटकले एक भिखारीले बुद्धलाई भेटेपछि हुने संवाद र उसमा आएको परिवर्तनको कथा भन्छ । भिखारीले धेरै यात्रा र संघर्षपछि जब बुद्धलाई भेट्छ, बुद्धलाई तीन प्रश्नको उत्तर दिन आग्रह गर्छ । भिखारी आफ्नो बाहेक प्रश्नको जवाफ लिएर फर्किन्छ ।

नैतिकताको सन्देश दिने यो नाटकलाई रमाइलो शैलीमा प्रस्तुत गरिएको छ । पछिल्लो समय रंगमञ्चमा गम्भीर शैलीका नाटक हेरिरहेका दर्शकले यसमा चाहिं हास्यरसमार्फत गाम्भीर्यको सन्देश पाउँछन् । रंगमञ्च नाट्य संस्था चुलाचुली थिएटरको यो सातौं नाटक हो । संस्थाको प्रस्तुतिमा पूर्वको भूमि इतिहासमाथि आधारित रहेर अर्को नाटक मञ्चनको तयारी छ ।

‘बुद्ध र भिखारी’बारे कुरा गर्दै निर्देशक सुब्बाले नाटकमा आफूहरुले नयाँ प्रयोग गरेको बताएका छन् । नाटकमा सौजन सेनिहाङ लिम्बू, रुपेश लामा, वेदना राई, सञ्जीव योगी, प्रतिना राई, सुनिल तामाङ, रमिता राई, नवीनचन्द्र अर्याल, मनिश मगर, मोहन राई र गणेशप्रसाद पौडेलले अभिनय गरेका छन् । लेखक चेतन आङथुपोले स्याडो प्ले जनरामा पहिलोपटक नाटक बनेको बताए ।

यसअघि यो नाटक बुद्ध नाट्य महोत्सव, अन्तर्राष्ट्रिय नाट्य महोत्सव र लिच्छवि हाउसमा मञ्चन भइसकेको छ ।

तस्वीर : प्रसुन संग्रौला

मण्डलामा नाटक ‘बुद्ध र भिखारी’को मञ्चन सुरु (तस्वीर)

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्