सहकारी समस्या समाधान गर्न माग गर्दै सिठ्ठी जुलुस (तस्वीरहरू)

सहकारी समस्या समाधान गर्न माग गर्दै सिठ्ठी जुलुस (तस्वीरहरू)

[ad_1]

१६ जेठ, काठमाडौं। राष्ट्रिय सहकारी महासंघ अन्तर्गतको सहकारी समस्या समाधान सहजीकरण कार्यदलले माइतीघरमा सिठ्ठी जुलुस प्रदर्शन गरेको छ ।

सहकारी समस्या समाधानका लागि नेपाल सरकारलाई ब्‍युँझाउन भन्‍दै ७ बुँदे मागसहित उनीहरुले सिठ्ठी जुलुस निकालेका हुन् । उनीहरुले मंगलबार दिउँसो माइतीघरमा कालो ब्यानरसहित प्रदर्शन गरेका छन् ।

सहकारी सदस्‍यहरुको बचतको सुरक्षा गर्न, सहकारी अभियानलाई सशक्त बनाउँदै नेपालको अर्थतन्त्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्न, सहकारी ऐन नियममा भएका प्रवर्द्धनात्मक व्‍यवस्थाको यथाशीघ्र कार्यान्वयन गराउन, सहकारी संस्थाहरुको प्रभावकारी नियमन, अनुगमन र व्‍यवस्थापनको आधार सिर्जना गर्न, सहकारीलाई उत्पादन र सेवा व्यवसायसँग जोड्न बाझिएका ऐन, नियमहरु सहकारीमैत्री बनाउन,  दिगो सहकारी र समृद्ध सदस्य बनाउने आधार सिर्जना गर्न र तीनखम्बे अर्थनीति व्‍यवहारमा लागू गर्न र बलियो संरचनात्मक आधार बनाउन उनीहरुको माग छ ।

हेर्नुहोस् थप तस्वीरहरु : 

सहकारी समस्या समाधान गर्न माग गर्दै सिठ्ठी जुलुस (तस्वीरहरू)

 

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्