फेवातालमा डुबेर एक जनाको मृत्यु – Online Khabar

फेवातालमा डुबेर एक जनाको मृत्यु – Online Khabar

[ad_1]

फेवातालमा डुबेर एक जनाको मृत्यु – Online Khabar

फेवाताल । फाइल फोटो

१४ जेठ, कास्की । पोखराको फेवातालमा डुबेर एक जनाको मृत्यु भएको छ । कास्कीको पोखरा महानगरपालिका वडा नम्बर २३ खपौदी स्थित फेवातालमा माछा मार्ने क्रममा ६३ वर्षीय मिन गुरूङको मृत्यु भएको हो ।

कास्कीको अन्नपूर्ण गाउँपालिका १० घान्द्रुक घर भएका गुरूङ पोखरा महानगरपालिका वडा नम्बर १४ चाउथे बस्ने गर्दथे । शनिबार अपराह्न करिब ४ बजेतिर फेवातालमा माछा मार्न गएका उनी डुबेर बेपत्ता भएका थिए  ।

बेपत्ताको खबर पाउनासाथ वडा प्रहरी कार्यालय बैदामबाट प्रहरी निरीक्षकको कमाण्डमा रेस्क्यु टोली र सशस्त्र प्रहरी बलको टोली खोजतलासमा खटिएको थियो । उद्धार टोलीले शनिबार बेलुकी सवा ७ बजेतिर गुरूङलाई मृत अवस्थामा फेला पारेको थियो ।

उनको शव पोष्टमार्टमका लागि अस्पताल पठाएको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्