मलेसियासँग टी-२० खेल्ने नेपाली महिला टाेली घाेषणा

मलेसियासँग टी-२० खेल्ने नेपाली महिला टाेली घाेषणा

[ad_1]

मलेसियासँग टी-२० खेल्ने नेपाली महिला टाेली घाेषणा

नेपाली महिला क्रिकेट टिमको फाइल तस्वीर ।

११ जेठ, काठमाडौं । यही मे २९ देखि जुन ४ सम्म मलेसियासँग हुने पाँच खेलकाे टी२० अन्तर्राष्ट्रिय श्रृंखलाका लागि नेपाली राष्ट्रिय महिला क्रिकेट टाेली घोषणा भएकाे छ।

नेपाल क्रिकेट संघ (क्यान)ले बउहीबार रुबिना क्षेत्रीकाे कप्तानीमा १४ जनाको अन्तिम टाेली घोषणा गरेको हो। जसमा तीन नयाँ अनुहार सम्झना खड्का, कृतिका मरासिनी र ईश्वरी विष्ट पहिलो पटक सिनियर राष्ट्रिय टिममा परेका हुन् । नेपालकाे प्रशिक्षकमा सामसन जङ थापा छन् ।

नेपाली महिला क्रिकेट टिमले झण्डै एक वर्षपछि अन्तर्राष्ट्रिय क्रिकेट खेल्न लागेकाे हाे ।  कप्तान रुबिनाले तीन महिनापछि मलेसियामै हुने टी२० विश्वकप छनाेटका लागि मलेसियासँगकाे शृंखलाले सहयाेग गर्ने बताइन् ।

यस्तै पछिल्लाे समय पुरुष टोलीले पाएकाे सफलताबाट माेटिभेट भएकाे र महिला टाेलीले पनि उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य रहेकाे बताइन् ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्