मधेश सरकारमा लोसपा पनि सहभागी, कुर्मी वनमन्त्री नियुक्त

मधेश सरकारमा लोसपा पनि सहभागी, कुर्मी वनमन्त्री नियुक्त

[ad_1]

मधेश सरकारमा लोसपा पनि सहभागी, कुर्मी वनमन्त्री नियुक्त

रमेशप्रसाद कुर्मी ।

११ जेठ, जनकपुरधाम । एक मन्त्रालयसहित लोकतान्त्रिक समाजवादी पार्टी लोसपा मधेश प्रदेश सरकारमा सहभागी भएको छ ।

मुख्यमन्त्री सरोजकुमार यादवले लोसपा सांसद रमेशप्रसाद कुर्मीलाई वन तथा वातावरण मन्त्री नियुक्त गरेको हुन् ।

तत्काल एक मन्त्रालयसहित आफूहरु सरकारमा सहभागी भएको लोसपा संसदीय दलका नेता अभिराम शर्माले जानकारी दिए ।

उनका अनुसार साँझ ५ बजे नवनियुक्त मन्त्री कुर्मीले शपथ लिने छन् । कुर्मी पर्साको निर्वाचन क्षेत्र नम्बर–२ (ख)बाट निर्वाचित छन् ।

यसअघि सरकार बाहिर रहेका सत्ता गठबन्धन घटक कांग्रेस २ र एकीकृत समाजवादी १ मन्त्रालयसहित मंगलबार मधेश सरकारमा सहभागी भएका थिए ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्