बिनु यादवको जीवनरक्षा गर – Online Khabar

बिनु यादवको जीवनरक्षा गर – Online Khabar

[ad_1]

१० जेठ, काठमाडौं। राष्ट्रिय मानव अधिकार आयोगले आमरण अनशनमा रहेकी बिनु यादवको स्वास्थ्यलाई ध्यान दिँदै जीवनरक्षा गर्न आग्रह गरेको छ।

आयोगका प्रवक्ता डा टीकाराम भट्टराईले आज जारी गरेको प्रेस विज्ञप्तिमा अनशनरत यादवको स्वास्थ्यप्रति संवेदनशील भई निजको मागका सम्बन्धमा सम्बन्धित निकायबाट कानूनी कारबाहीको प्रक्रिया अविलम्ब अगाडि बढाई व्यक्तिको जीवनको अधिकार सुनिश्चित गर्न सबैलाई आग्रह गरिएको छ।

आफूलाई विभिन्न व्यक्तिले जबर्जस्ती करणी गरेको र सम्बन्धित निकायमा उजुरी गर्दा पनि न्याय नपाएको एवं जबर्जस्तीरूपमा जाहेरी फिर्ता लिन लगाइएको भनी सिराहा नगरपालिका-२ की यादव विगत १५ दिनदेखि काठमाडौँको माइतीघर मण्डलामा आमरण अनशनमा रहेकी र निजको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको विज्ञप्तिमा उल्लेख छ।

आयोगको टोलीले अनशनस्थलमा पुगी निजको स्वास्थ्यावस्था सम्बन्धमा जानकारी लिएको छ ।

पहिलेदेखि नै स्वास्थ्यमा विभिन्न समस्या रहेको र अहिले लामो समयदेखि आमरण अनशनमा रहँदा निजको स्वास्थ्य अवस्था थप नाजुक बन्दै गएको अनुगमनका क्रममा पाइएको विज्ञप्तिमा जनाइएको छ।

हेर्नुहोस् आयोगको विज्ञप्ति : 

बिनु यादवको जीवनरक्षा गर – Online Khabar

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्