करिश्मा मानन्धर र आकाश अधिकारीलाई मुम्बईमा दादासाहेब फाल्के अवार्ड

करिश्मा मानन्धर र आकाश अधिकारीलाई मुम्बईमा दादासाहेब फाल्के अवार्ड

[ad_1]

काठमाडौं । नेपाली फिल्म निर्देशक तथा अभिनेता आकाश अधिकारी र अभिनेत्री करिश्मा मानन्धरलाई मानार्थ भारतको प्रतिष्ठित ‘दादासाहेब फाल्के फिल्म फाउण्डेसन अवार्ड २०२३’ प्रदान गरिएको छ । आइतबार बेलुका मुम्बईमा आयोजित समारोहमा उनीहरुले अवार्ड ग्रहण गरे ।

नेपाली फिल्म क्षेत्रमा पुर्‍याएको लामो योगदानको कदर गर्दै उनीहरुलाई अवार्ड प्रदान गरिएको हो । भारतीय सिनेमाका पिता मानिने दादासाहेब फाल्के फाउण्डेसनले अवार्ड प्रदान गरेको हो ।

‘स्वर्ग मैले सुनेको मात्रै छु । देखेको छैन । स्वर्ग त्यही हो जुन मेरो देश नेपाल हो । त्यसपछिको स्वर्ग महाराष्ट्र मुम्बईलाई मान्छु, जहाँ मैले काम सिक्ने मौका पाएँ,’ अवार्ड ग्रहण गर्दै निर्देशक अधिकारीले भने । सन् २०२२ मा अवार्ड दिने भनिए पनि कोभिडको कारण प्रभावित बनेपछि बल्ल अहिले प्रदान गरिएको हो ।

करिश्मा मानन्धर र आकाश अधिकारीलाई मुम्बईमा दादासाहेब फाल्के अवार्ड

उक्त अवसरमा भारतीय फिल्म निर्देशक तथा निर्माता केसी बोकाडियालाई पनि सम्मान प्रदान गरियो ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्