गोरखाको बुंकोट स्वास्थ्य चौकीमा आगलागी – Online Khabar

गोरखाको बुंकोट स्वास्थ्य चौकीमा आगलागी – Online Khabar

[ad_1]

७ जेठ, गोरखा । गोरखाको शहीद लखन गाउँपालिका वडा नम्बर ७ स्थित बुंकोट स्वास्थ्य चौकीमा आगलागी भएको छ ।

आइतबार बिहान करिब पौने ५ बजे माथिल्लो तलामा लागेको आगोबाट प्रशासन कक्ष, स्टोर र क्वाटरमा क्षति पुगेको छ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको टोलीले करिब दुई घण्टापछि आगो नियन्त्रणमा लिएका थिए । आगो निभाउन गोरखा नगरपालिकाको दमकल प्रयोग गरिएको थियो ।

आगलागीको समयमा त्यहाँ कोही नबसेकाले विद्युत सर्ट भएर आगो लागेको अनुमान छ । ‘एकजना महिला र बच्चा बस्नु हुन्थ्यो तर आगो लाग्ने बेला उहाँहरु हुनुहुन्नथ्यो, हिजो नै आफन्तकोमा बस्न जानु भएको रहेछ,’ जिल्ला प्रहरी कार्यालय गोरखाका प्रवक्ता एवम् डिएसपी लिलाराज लामिछानेले भने, ‘विद्युत सर्ट भएर आगो लागेको अनुमान छ ।’ उनले क्षतिको विवरण संकलनको काम भइरहेको जानकारी दिए ।

स्वास्थ्य चौकी भवन दुई तले छ । माथिल्लो तलामा आगो लागेपछि तल्लो तलाका सामानहरु बाहिर निकालिएको थियो ।

गोरखाको बुंकोट स्वास्थ्य चौकीमा आगलागी – Online Khabar

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्