दरौदी नदीमा सशस्त्रको विपदको उद्धार नमूना अभ्यास – Online Khabar

दरौदी नदीमा सशस्त्रको विपदको उद्धार नमूना अभ्यास – Online Khabar

[ad_1]

दरौदी नदीमा सशस्त्रको विपदको उद्धार नमूना अभ्यास – Online Khabar

सशस्त्र प्रहरी बल गुल्म गोरखाको आयोजनामा उद्धारको नमूना अभ्यास । तस्वीर : विकास मरहट्टा/अनलाइनखबर

५ जेठ, गोरखा। ‘मान्छे डुब्यो’, शुक्रबार दिउँसो करिब साढे २ बजेको समयमा छेवेटारस्थित दरौदी नदी आसपास एक्कासी कोही चिच्यायो । वरपरका मान्छे नदी आसपास एकीकृत भए। नदीको गहिरो भागमा फसेका एक व्यक्ति डुब्न लागेको दुश्य देखेपछि हारगुहार गर्न थाले।

केही क्षणपछि सशस्त्र प्रहरी बल गोरखा गुल्मको उद्धार टोली त्यहाँ पुग्यो। ‘इप्रोभाइट म्याट्रेस बोट’ लिएर नदीमा प्रवेश गरे। व्यक्तिलाई किनारामा ल्याए। अचेत अवस्थामा रहेका ती व्यक्तिको ‘रेस्क्यू टिम’ र नेपाल रेडक्रस सोसाइटी गोरखा शाखाका टोलीले प्राथमिक उपचार सुरू गरे। छातीमा प्रेस गर्न थाले। कृक्रिम श्वास दिए। तर, बिरामी होसमा नआएपछि एम्वुलेन्समार्फत नजिकैको अस्पतालमा लगियो।

सोही दिन पौडी खेल्ने क्रममा बगाएर वेपत्ता भएका एक व्यक्तिको शव पनि निकालियो। खोचमा फेला परेको शवलाई किनारामा ल्याई ‘हाइ ग्याङ्गल’ विधिद्धारा नदीमाथिको पुलमा लगिय ।

विशेष गरी नदीसम्म जाने बाटो नभएको स्थानमा यो विधि अपनाइने सशस्त्र प्रहरी बल गुल्म गोरखाका डिएसपी सुजित विष्टले बताए।

शुक्रबार देखिएका यी सबै दृश्य वास्तविक नभई मनसुनजन्य विपदको उद्धार सम्बन्धी नमूना अभ्यास थियो । सशस्त्र प्रहरी बल गुल्म गोरखाको आयोजनामा उद्धारको नमूना अभ्यास गरिएको हो ।

छेवेटारको नदी किनारमा भएको अभ्यासमा खोला तथा नदीमा उद्धारका लागी प्रयोग हुने घरेलु विधिबारे पनि जानकारी गराइएको थियो।

पानीको बोत्तल, केराको थाम, म्याट्रेस बोट र थ्रो ब्याक विधि अपनाउन सकिने डिएसपी बिष्टले बताए ।

मनसुनजन्य विपदबाट बच्नका लागी स्थानीय स्तरमा हुने स्रोत साधनहरुबाट पनि बिभिन्न उपकरण तयार गरी उद्धार गर्न सकिन्छ भन्ने कुराको समेत प्रदर्शन मार्फत जानकारी गराइएको उनले जानकारी दिए।स्रोत साधन अभावका कारण विपदपछिको उद्धारमा समस्या हुने गरेको उनको भनाइ छ।

कार्यक्रममा गोरखा नगरपालिका मेयर कृष्ण राना, नेपाली सेनाको रिपुमर्दन गणका गणपती हेमराज बिष्ट, नेपाल प्रहरी, पत्रकार लगायतको उपस्थिति रहेको थियो।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्