महोत्तरीबाट भरुवा बन्दुकसहित तीनजना पक्राउ – Online Khabar

महोत्तरीबाट भरुवा बन्दुकसहित तीनजना पक्राउ – Online Khabar

[ad_1]

महोत्तरीबाट भरुवा बन्दुकसहित तीनजना पक्राउ – Online Khabar

फाइल फोटो

३ जेठ, जनकपुरधाम । महोत्तरीबाट दुईथान भरुवा बन्दुकसहित तीनजना पक्राउ परेका छन् ।

वनपथ राष्ट्रिय वन क्षेत्रभित्र शिकार खेल्न गएको बेला मंगलबार साँझ ५ बजे तीन जनालाई इलाका प्रहरी कार्यालय बर्दिबासको टोलीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा सर्लाहीको ईश्वरपुर नगरपालिका १२ बस्ने ३५ वर्षीय लालबहादुर भोलन, ३० वर्षीय प्रेम बहादुर भोलन र ३८ वर्षीय अमिर स्याङ्तान छन् । लालबहादुर र प्रेम बहादुरको साथबाट भरुवा बन्दुक बरामद गरेको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।

प्रहरीका अनुसार विशेष सूचनाको आधारमा उनीहरु बन्दुक बोकेर सिकार खेलिरहेको जानकारी पाएपछि प्रहरीले पछ्याएको थियो । भाग्ने क्रममा पक्राउ गरेर उनीहरुमाथि थप अुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्