रातिदेखि बन्द विपी राजमार्ग खुल्यो, लेदोमा पुरिएका गाडी निकालिँदै

रातिदेखि बन्द विपी राजमार्ग खुल्यो, लेदोमा पुरिएका गाडी निकालिँदै

[ad_1]

१ जेठ, काभ्रे । आइतबाररातिको वर्षापछि आएको बाढीले अवरुद्ध विपी राजमार्ग खुलेको छ ।

विपी राजमार्ग अन्तर्गत रोशी गाउँपालिकाको कालढुंगा र चिउरीबासीमा लेदोसहितको बाढीले राजमार्ग अवरुद्ध भएको थियो ।

सडकको लेदो हटाएर सडक खुलेको प्रहरीले जनाएको छ ।

कालढुंगामा लेदेले चार वटा गाडी पुरेको थियो । गाडी लेदोमा पुरिए पनि चालक र यात्री सकुशल रहेका जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए ।

चिउरिबासमा सडकसँगै क्षेत्रबहादुर लामाको घर लेदोले पुरिएको छ । लामाको घरमा भएका २ वटा खसी, ३ वटा बाख्रा, अन्नपात र भाँडाकुडा पुरिएको उनले बताए ।

रातिदेखि बन्द विपी राजमार्ग खुल्यो, लेदोमा पुरिएका गाडी निकालिँदै

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्