एमालेले ‘मिसन योङ’ र ‘देशैभरि छोराछोरी’ अभियान चलाउने

एमालेले ‘मिसन योङ’ र ‘देशैभरि छोराछोरी’ अभियान चलाउने

[ad_1]

३० वैशाख, काठमाडौं । नेकपा एमलेले युवाहरुमा पार्टी कामको विस्तार गर्न मिसन योङ अभियान सञ्चालन गर्ने भएको छ ।

दुई महिनासम्म देशभर सञ्चालित मिसन ग्रासरुटको अभियानमा युवा आकर्षण र युवा सहभागिता विस्तार गर्न जरुरी देखिएको भन्दै एमालेले मिसन योङ अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।

२८ देखि ३० वैशाखसम्म पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको बैठकले १४ बुँदे निर्णय गरेको एमालेले विज्ञप्तिमार्फत जानकारी दिएको छ । जसमा देशैभरि छोराछोरी नारा दिएर पार्टी कार्यकर्ताको घरघरबाटै युवा कार्यक्रम सञ्चालन गरिने पनि उल्लेख छ ।

बैठकले जनप्रतिनिधि र स्थानीय तहको कामलाई प्रभावकारी बनाउन मिसन डेलिभरी कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि गरेको छ । ‘जनप्रतिनिधिहरु र स्थानीय तहको कामलाई प्रभावकारी बनाउन मिसन डेलिभरिको रुपमा स्थानीय तहका जननिर्वाचित प्रतिनिधिहरुलाई प्रभावकारी रुपमा क्रियाशील बनाइनेछ’ एमालेको निर्णयमा भनिएको छ ।

एमालेले केन्द्रीय सदस्यहरुको नयाँ कार्यविभाजन गर्ने निर्णय पनि गरेको छ । जसमा एक वर्ष आफ्नो भूगोलबाहिरको कार्यक्षेत्रमा खट्ने गरी कार्यविभाजन हुने जनाइएको छ ।

एमालेले आगामी मंसिर महिनामा मध्यपहाडी लोकमार्ग केन्द्रित जनतासँग पार्टी अभियान सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।

हेर्नुहोस् निर्णय

एमालेले ‘मिसन योङ’ र ‘देशैभरि छोराछोरी’ अभियान चलाउने

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्