संकटालाई हराउँदै पुलिसले छाड्यो रेलिगेसन जोन – Online Khabar

संकटालाई हराउँदै पुलिसले छाड्यो रेलिगेसन जोन – Online Khabar

[ad_1]

२९ वैशाख, काठमाडौं । सहीद स्मारक ए डिभिजन लिगमा शुक्रबार नेपाल पुलिस क्लबले संकटा क्लबलाई पराजित गर्दै रेलिगेसन क्षेत्र छाडेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा दुई विदेशी खेलाडीको गोलमा पुलिसले संकटालाई २-१ ले हरायो ।

खेलको आठौं मिनेटमै मोसेस ट्वुमले गोल गर्दै पुलिसलाई अग्रता दिलाएका थिए ।

तर २३औं मिनेटमा संकटाका निशान खड्काले गोल गर्दै खेल १-१ को बराबरीमा पुर्‍याए ।

दोस्रो हाफमा अर्को विदेशी खेलाडी मोहम्मद आशिकले पुलिसका लागि विजयी गोल गरे ।

मोहम्मद आशिकले ७९औं मिनेटमा गोल गर्दै पुलिसलाई जितसहित ३ अंक दिलाए ।

जारी लिगमा पुलिसको यो पाँचौ जित हो र जितपछि १७ खेल १९ अंक जोडेर पुलिस अन्तिम स्थान छाड्दै ११औं स्थानमा उक्लेको छ । पराजित संकटा १७ खेलबाट २० अंकसहित दशौं स्थानमै कायम छ ।

हेर्नुहोस् खेलका तस्वीरहरू :

संकटालाई हराउँदै पुलिसले छाड्यो रेलिगेसन जोन – Online Khabar  

तस्वीरहरू : विकास श्रेष्ठ/अनलाइनखबर

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्