दुलाहा-दुलही बन्दा यस्तो देखिए श्रद्धा र विक्की – Online Khabar

दुलाहा-दुलही बन्दा यस्तो देखिए श्रद्धा र विक्की – Online Khabar

[ad_1]

काठमाडौं । ‘कमेडी च्याम्पियन’ फेम्ड विक्की अग्रवाल र अभिनेत्री श्रद्धा प्रसाईंको विवाह समारोह यतिबेला आर्मी अफिसर्स क्लबमा भइरहेको छ । विवाहमा परिवार, आफन्त र उनीहरु निकट कलाकर्मी सहभागी छन् ।

कमेडी च्याम्पियनमा विक्कीसँगै प्रतिस्पर्धा गरेका कलाकार पनि विवाहमा उपस्थित देखिन्छन् । कमेडी च्याम्पियनका निर्देशक समेत रहेका सञ्चारकर्मी विशाल भण्डारी, कमेडी कलाकारहरु सुमन कार्की, भरतमणि पौडेल, प्रभात लामा, मेक्सम गौडेल लगायत कमेडियन जन्ती पुगेका छन् । आजै बेलुका प्रीतिभोजको आयोजना गरिएको छ । रिसेप्सन पार्टीमा पनि कलाकार र साथीभाइलाई निम्तो दिइएको छ ।

दुलाहा-दुलही बन्दा यस्तो देखिए श्रद्धा र विक्की – Online Khabar

गत मंसिरमा यी दुईले इन्गेजमेन्ट गरेका थिए । कमेडी च्याम्पियनको बेलादेखि नै यो जोडी अफेयरमा थियो । विक्की कमेडी च्याम्पियनका फस्ट रनरअप हुन् भने श्रद्धा निर्देशकीय टिममा थिइन् । श्रद्धाले ‘दर्पणछाया २’ बाट फिल्म करिअर थालेकी थिइन् । ‘प्रेमगीत २’ उनको पछिल्लो फिल्म हो । त्यसपछि उनी टेलिभिजनको कार्यक्रममा व्यस्त भइन् ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्