बिहान ४ बजे उठेर ध्यान – Online Khabar

बिहान ४ बजे उठेर ध्यान – Online Khabar

[ad_1]

बिहान ४ बजे उठेर ध्यान – Online Khabar

आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भीआईपी कक्षमा आमिर खान 

काठमाडौं । बलिउड अभिनेता आमिर खान बुढानीलकण्ठस्थित विपश्यना ध्यान केन्द्रमा ध्यान साधना गरिरहेका छन् । आइतबार बिहान काठमाडौं ओर्लिएका उनले १० दिन यही केन्द्रमा बिताउने जनाइएको छ । हिन्दी फिल्मका यी ठूला हस्ती जसले नेपाली बक्स अफिसमा समेत करोडौं पैसा छापे, उनै अभिनेता खान ध्यान गर्न भन्दै नेपाल आइपुगेका हुन् ।

आमिर आइतबार बेलुका ७ बजे ध्यान केन्द्र पुगे । केही समय आराम गरेर खाना खाए र सुते । आमिर सामान्य व्यक्तिकै रुपमा ध्यान केन्द्रमा आइपुगेको र आफूहरुले हाइप्रोफाइल ट्रिटेमन्टभन्दा नर्मल व्यक्तिकै जस्तो व्यवहार गरेको ध्यान केन्द्रका एक कर्मचारीले बताए ।

विपश्यना ध्यानको पहिलो दिन आइतबार उनी बिहान ४ बजे उठेको केन्द्रका कर्मचारीले अनलाइनखबरलाई जानकारी दिए । ‘बिहानै चार बजे उठेर साढे चार बजे ध्यान गर्ने हलमा प्रवेश गर्नुभयो । केही घण्टा ध्यानमा बिताउनुभयो,’ उनले भने, ‘ब्रेकफास्ट लिएर केही समय आराम गर्नुभयो ।’

आमिरको सुरक्षा र सहयोगका लागि एक कर्मचारी खटाइएको छ । उनले खानपिनदेखि अन्य काममा पनि आमिरलाई सघाउनेछन् । विपश्यना ध्यान १० दिनसम्म चल्ने र सो अवधिसम्म नियमहरु कडाइका साथ पालना गर्नुपर्ने जनाइएको छ । ‘विपश्यनाको नियम पनि १० दिन चल्ने हो । आमिरले त्यो सक्नुहुन्छ या सक्नुहुन्न, त्यो उहाँमा निर्भर हुन्छ,’ ती कर्मचारीले भने ।

उनका अनुसार विपश्यनामा मौन रहनुपर्ने, सांकेतिक भाषामा समेत कुरा गर्न नपाइने, मोबाइल फोन चलाउन नपाइने र अफिसमै डिपोजिट गर्नुपर्ने, त्यहाँ रहँदा पनि कसैसँग कुराकानी गर्न नपाइने नियम छ । आमिरले पनि यी नियमलाई पालना गर्नुपर्ने हुन्छ । ‘यो नियम सबैका लागि हो । आमिरलाई पनि नर्मल व्यक्तिकै रुपमा व्यवहार गरेका छौं,’ केन्द्रका कर्मचारीले भने ।

बिहान ४ बजे उठेर बेलुका ९ बजे सुत्नुपर्ने नियम केन्द्रमा रहेको र आमिरले पनि त्यसलाई पछ्याउनुपर्ने जनाइएको छ । गत दशैं छेकोमा चर्चित हलिउड अभिनेता जेट लीले पनि काठमाडौंस्थित एक गुम्बामा ध्यानको लागि भन्दै दुई साता बिताएका थिए ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्