[ad_1]
२४ वैशाख, काठमाडौं । नेपालको सबैभन्दा लामो जात्रा मानिने रातो मच्छिन्द्रनाथको जात्राका क्रममा आइतबार रथको टुप्पोबाट नरिबल खसालिएको छ ।
ललितपुरको पुल्चोकबाट तानेर लगनखेलमा पुर्याइएको रथको टुप्पोबाट नरिवल खसालिएको हो ।
मच्छिन्द्रनाथको रथ लगनखेल पुगेको चार दिनपछि रथ निर्माणमा संलग्न ज्येष्ठ व्यक्तिले रथको टुप्पोमा पुगेर नरिवल खसाल्ने चलन छ।
लगनखेलमा रथलाई रातो मच्छिन्द्रनाथको आमाको मन्दिरमा दुई पटक परिक्रमा गराइएको थियो ।
रथबाट खसालिएको नरिवल शुभहुने विश्वास छ । त्यसैले यो नरिवल टिप्नका लागि धेरै मानिस तछाड मछाड गर्छन् ।


[ad_2]
Source link
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1








