अभिव्यक्ति सच्याउन बलायरलाई पत्रकार महासंघको आग्रह

अभिव्यक्ति सच्याउन बलायरलाई पत्रकार महासंघको आग्रह

[ad_1]

२३ वैशाख, धनगढी । नेपाल पत्रकार महासंघले नेपाली कांग्रेस सुदूरपश्चिमका सभापति तथा प्रतिनिधिसभा सदस्य वीरबहादुर बलायरलाई अभिव्यक्ति सच्याउन आग्रह गरेको छ ।

बलायरले समाचारका विषयमा पत्रकारविरुद्ध अभिव्यक्ति दिएको भन्दै महासंघले शनिबार एक विज्ञप्ति जारी गरी सच्याउन आग्रह गरेको हो ।

बलायरले बिहीबार कैलालीको गोदावरी नगरपालिका–१ को सुरक्षा महिला सामुदायिक वन क्षेत्रमा कांग्रेस क्षेत्र नम्बर ४ को पार्टी कार्यालयको शिलान्यास गरेका थिए । सोही विषयमा विभिन्न सञ्चार माध्यममा वन क्षेत्रमा अतिक्रमण गरेर कांग्रेसले पार्टी कार्यालय बनाउन लागेको भन्दै समाचार प्रकाशन तथा प्रशारण भएका थिए ।

बलायर गोदावरी नगरपालिकाकै लामितालमा आयोजित कार्यक्रममा पत्रकारलाई आफ्ना पार्टीका कार्यकर्ताले तह लगाउने अभिव्यक्ति दिएका थिए ।

महासंघका अध्यक्ष हिमालय जोशीले शनिबार विज्ञप्ति जारी गरी समाचारका विषयमा असहमति भए कानुनी बाटो अपनाउने विकल्प हुँदाहुँदै पत्रकार विरुद्ध अभिव्यक्ति दिनु दुखद भएको बताएका छन् । ‘त्यसैले यस्ता अभिव्यक्ति सच्याउन महासंघ आग्रह गर्दछ’ विज्ञप्तिमा भनिएको छ ।

अभिव्यक्ति सच्याउन बलायरलाई पत्रकार महासंघको आग्रह

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्