[ad_1]
१९ वैशाख, दाङ । लुम्बिनी प्रदेशको पहिलो हिउँदे अधिवेशन अन्त्य भएको छ ।
मंगलबार मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विश्वासको मत लिएसँगै लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य भएको हो ।
बुटवलस्थित प्रदेश प्रदेश प्रमुखको कार्यालयले मंगलवार नै विज्ञाप्ति जारी गर्दै हिउँदे अधिवेशन अन्त्य भएकाे जनाएको छ । संविधानको धारा १८३ को उपधारा (२) बमोजिम वैशाख १९ गते मंगलबार राति १२ बजेदेखि प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य भएको कार्यलयका सचिव प्रह्लाद पोखरेलले जानकारी दिए ।
दशौं बैठक बसेको लुम्बिनी प्रदेश सभामा यसबीच दुई पटक सरकार परिवर्तन भएका छन् ।

[ad_2]
Source link
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1








