खोप कार्यक्रम रोकिंदा काठमाडौंका सामुदायिक कुकुर रेबिजको जोखिममा

खोप कार्यक्रम रोकिंदा काठमाडौंका सामुदायिक कुकुर रेबिजको जोखिममा

[ad_1]

खोप कार्यक्रम रोकिंदा काठमाडौंका सामुदायिक कुकुर रेबिजको जोखिममा

फाइल तस्वीर

काठमाडौं । रेबिज रोगले मानिसका साथै पशुको केन्द्रीय स्नायु प्रणालीलाई असर गर्छ । यो निकै संक्रामक रोगबाट मुख्य पीडित कुकुर हुन्छ । कुकुरलाई अन्य जनावरबाट सरेको हुन्छ, भने रेबिज रोग लागेको कुकुरले टोकेमा मानिसलाई सर्छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार सामुदायिक कुकुरको कुल संख्याको ७० प्रतिशतलाई एन्टी रेबिज खोप लगाउने हो भने रेबिजबाट हुने मृत्यु न्यून हुन्छ ।

कुकुर चारदेखि ६ महिनाको भएपछि रेबिज खोप लगाउनुपर्छ र प्रत्येक वर्ष बुस्टर डोज लगाइरहनुपर्छ । सामुदायिक कुकुरलाई एन्टी रेबिज खोप लगाउँदा रेबिज रोग उन्मूलनमा ठूलो सहयोग पुग्छ । मानिसलाई रेबिज रोग लाग्न नदिन कुकुरमा रेबिज नियन्त्रण जरुरी छ ।

तर काठमाडौं महानगरपालिकामा लामो समयदेखि कुकुरलाई रेबिजविरुद्धको खोप लगाउने कार्यक्रम रोकिएको छ । काठमाडौं महानगरको पशु व्यवस्थापन विभागका प्रमुख डा. अवधेशकुमार झा सडक कुकुरलाई रेबिजविरुद्धको खोप लगाउन र व्यवस्थापन गर्नका लागि योजना बनेको भए पनि कार्यान्वयन भने हुन नसकेको बताउँछन् ।

‘सामुदायिक कुकुरलाई रेबिजविरुद्धको खोप लगाउने कार्यक्रम केही समयदेखि स्थगित भएको छ,’ उनी भन्छन्, ‘सामुदायिक कुकुरलाई रेबिजविरुद्धको खोप दिन हामीले पहिले एउटा संस्था  ‘द जेन गुडाल इन्स्टिच्युट नेपाल’लाई मात्र जिम्मेवारी दिएका थियौं । तर पछि यो काम एउटा संस्थालाई मात्र नदिएर जुन जुन निजी संस्था काम गर्न सक्षम र इच्छुक छन् उनीहरूलाई दिने जसले गर्दा काम छिटो र प्रभावकारी ढंगले सकिन्छ भनेर योजना बनेको छ ।’

तर ‘द जेन गुडाल इन्स्टिच्युट नेपाल’ले आफूले पाँच वर्षका लागि सम्झौता गरेकाले अरुले काम गर्न नमिल्ने भन्दै अदालतमा मुद्दा दायर गरेको छ । जसले खोप र बन्ध्याकरणको काम रोक्न अदालतले आदेश दिएकाले रेबिजविरुद्धको खोप कार्यक्रम रोकिएको झा बताउँछन् ।

काठमाडौं महानगरले वार्षिक एक करोड ६० लाख रुपैयाँ सामुदायिक कुकुरको बन्ध्याकरण र रेबिजविरुद्धको खोपका लागि छुट्टाएको छ । काम नभएपछि अहिले उक्त रकम नै फ्रिज हुन पुगेको झा बताउँछन् ।

महानगरपालिकाले सहयोग नगरेकाले काम रोकियो’

काठमाडौं महानगरपालिकाले २०७३ सालमा ‘मनुमित्र’ कार्यक्रममार्फत महानगरीय कुकुर व्यवस्थापन अभियान सुरु गरेको थियो । ‘कुकुर स्वास्थ्यको रक्षा नै जनस्वास्थ्यको सुरक्षा’ नारासहित कुकुर बन्ध्याकरण र रेबिजविरुद्धको खोप अभियान सञ्चालन गरेको थियो । तर पछिल्लो दुई वर्षदेखि भने कुकुरलाई रेबिजको खोप कार्यक्रम नभएको मनुमित्रको पूर्वकार्यक्रम संयोजक संगिता सापकोटा बताउँछिन् ।

‘महानगरले रेबिजविरुद्धको खोपको लागि औषधि उपलब्ध नगराएकाले द जेन गुडाल इन्स्टिच्युट नेपालले खोप लगाउन पाएको छैन । औषधि माग गर्दा पनि नपाएकाले हाम्रो टोलीले काम नै गर्न पाएन,’ उनी भन्छिन्, ‘महानगरले न त कार्यक्रम सकियो भनेर चिठी दियो न त गर भनेर ।’

कार्यपालिकाले असार मसान्तसम्म म्याद भएको भने पनि काम गर्न नदिएकाले अदालत जान बाध्य भएको सापकोटाको दाबी छ । ‘मनुमित्र अब कसरी चल्ने के गर्ने भन्ने कुरा त अदालतले निर्णय गर्छ,’ उनी भन्छिन् ।

महानगरकै कारण दुई वर्षदेखि खोप कार्यक्रम रोकिएकाले महानगरका सामुदायिक कुकुरमा रेबिजको जोखिम बढेको उनी बताउँछिन् ।

कुकुरलाई रेबिज खोप नदिनु महानगरको लापरबाही’

काठमाडौं महानगरपालिकाले सामुदायिक कुकुरको हेरचाहका लागि वार्षिक बजेट छुट्टाएको छ । तर दुई वर्षदेखि बन्ध्याकरण गर्ने र रेबिजविरुद्धको खोप लगाउने काम भइरहेको छैन । काम नहुनुको मुख्य कारण महानगरको लापरबाही भएको ‘डग मम’ भनेर चिनिने कुकुरप्रेमी नेहा श्रेष्ठ बताउँछिन् । ‘रेबिज खोप नलगाएकाले दुई वर्ष यता हाम्रो वडा नम्बर २९ मा दुईवटा रेबिज लागेको कुकुर भेटिइसकेको छ,’ उनी भन्छिन् ।

महानगरमा नयाँ कार्यसमिति आएपछि कुकुरलाई रेबिजविरुद्धको खोप नदिंदा जनावरले सास्ती भोगिरहेका छन् । कुकुरलाई रेबिजविरुद्धको खोप नलगाउँदा मानिसहरूमा पनि रेबिज लाग्ने जोखिम बढेको श्रेष्ठ बताउँछिन् । ‘सामुदायिक कुकुरले टोकेर रेबिज लाग्छ भन्ने डरले गर्दा मान्छेले कुकुरलाई हेलाको दृष्टिकोणले हेर्छन्,’ उनी भन्छिन् ।

कुकुरलाई खोप लगाउने जिम्मा निजी संघसंस्थालाई दिनुभन्दा वडा कार्यालयलाई दिइयो भने काम अझै प्रभावकारी ढंगले सञ्चालन हुन सक्ने श्रेष्ठ सुझाउँछन् ।

उनी भन्छिन्, ‘घरपालुवा कुकुरलाई त घरधनीले नै खोप लगाउँछन् । तर सामुदायिक कुकुरको जिम्मा त महानगरको हो नि । त्यसैले खोप कार्यक्रम छिटो सुरु हुनुपर्‍यो ।’

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्