रविविरुद्ध दिएको उजुरीमाथि निर्णय नभएसम्म मतगणना गर्न नदिने कांग्रेसको अडान

 रविविरुद्ध दिएको उजुरीमाथि निर्णय नभएसम्म मतगणना गर्न नदिने कांग्रेसको अडान

[ad_1]

 रविविरुद्ध दिएको उजुरीमाथि निर्णय नभएसम्म मतगणना गर्न नदिने कांग्रेसको अडान

कांग्रेस चितवनका सभापति राजेश्वर खनाल र चितवन २ का उम्मेदवार जितनारायण श्रेष्ठ

१० वैशाख, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने र चितवनका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलबारे उजुरी दिएको नेपाली कांग्रेस, चितवनले यसबारे निर्णय नभएसम्म चितवन- २ मा मतगणना गर्न नदिने बताएको छ ।

मतदानका दिन रास्वपा सभापति लामिछानेले आचार उल्लंघन गरेको र प्रजिअ पौडेलले सहयोग गरेको भन्ने कांग्रेसले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएको छ । लामिछानेले आचारसंहिता विपरीत १२ बटा गाडी प्रयोग गरेको, मतदान केन्द्रमा नारावाजी गरेको र त्यसलाई प्रमुख जिल्ला अधिकारीले सहयोग गरेको कांग्रेस चितवनका सभापति राजेश्वर खनालले बताए ।

आफूहरुले दिएको उजुरीमा छानबिन गरी कारवाही गर्न गरिएको कांग्रेस चितवनका सचिव ध्रुवराज पोखरेलले बताए ।कांग्रेसले उजुरीका सम्वन्धमा पहिला निर्णय लिन अन्यथा गणनाको काम अगाडि बढ्न नसक्ने जानकारी मुख्य निर्वाचन अधिकृतलाई दिएको छ ।

सबै जसो मतपेटिका भने मतगणना स्थल भरतपुर प्रदर्शनी केन्द्रमा ल्याइएको छ । सर्वदलीय बैठकको तयारी गरिएको छ ।

 

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्