कीर्तिपुरमा यूएईले सिंगापुरलाई दियो ४७२ रनको विशाल लक्ष्य

कीर्तिपुरमा यूएईले सिंगापुरलाई दियो ४७२ रनको विशाल लक्ष्य

[ad_1]

कीर्तिपुरमा यूएईले सिंगापुरलाई दियो ४७२ रनको विशाल लक्ष्य

यूएईका कप्तान मोहमद वासिम ।

१० वैशाख, काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटमा यूएईले सिंगापुरलाई ४७२ रनको विशाल लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ गरेको यूएईले ४७१ रन बनाएको हो ।

यो कीर्तिपुर मैदानमा ५० ओभरमा बनेको अहिलेसम्मकै उच्च स्कोर हो । यसअघि यहि प्रतियोगितामा कुवेतसँगको खेलमा यूएईले ३७१ रन बनाएको थियो ।

यूएईका लागि कप्तान मोहमद वासिम र वृत्य अरबिन्दले शतकीय पारी खेले । २२ रनमा पहिलो विकेट गुमाएको यूएईका उनीहरुले दोश्रो विकेटका लागि २४६ रनको साझेदारी गरेको थिए ।

१७४ रन बनाएका अरबिन्दले १७ चौका र ७ छक्का हाने । वासिमले विस्फोटक ब्याटिङ गर्दै ८२ बलमा १६० रन बनाए । उनले ९ चौका र १६ छक्का हाने । आयान अफजल खानले ५० बलमा ७४ रन बनाए ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्