पृथ्वी राजमार्गको तनहुँ १ खण्डमा भोलि गाडी नचल्ने

पृथ्वी राजमार्गको तनहुँ १ खण्डमा भोलि गाडी नचल्ने

[ad_1]

९ वैशाख तनहुँ । उपनिर्वाचनका कारण पृथ्वी राजमार्ग अन्तर्गत तनहुँ–१ मा अत्यावश्यकबाहेकका गाडी चल्न रोक लगाइएको छ ।

पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिनको पुलदेखि दमौलीस्थित मादी पुलसम्म र डुम्रे बेशीशहर सडक खण्ड, गोरखा आँबुखैरेनी सडक खण्ड र दमौली दुईपिप्ले सडक खण्डमा अत्यावश्यकबाहेकका गाडी चल्न रोक लगाइएको तनहुँका प्रमुख जिल्ला अधिकारी छवि रिजालले जानकारी दिए ।

तनहुँ–१ निर्वाचन क्षेत्रमा आइतबार उपनिर्वाचन हुने भएकाले गाडी निषेध गरिएको हो । मुलुकको प्रमुख पर्यटकीय शहर पोखरा जाने मुख्य राजमार्ग भएकाले यो सडक बन्द हुँदा धेरै पर्यटक र सर्वसाधारण प्रभावित हुनेछन् ।

प्रमुख जिल्ला अधिकारी रिजालका अनुसार आइतबार विहान ५ बजेदेखि साँझ ६ बजेसम्म दमकल, एम्बुलेन्स, खानेपानी, दूध र फोहोरमैला बोक्ने सवारी साधन, शववाहन, परिचयपत्र बोकेका चिकित्सक तथा स्वास्थ्यकर्मी र सूचना विभागको परिचयपत्र बोकेका पत्रकार चढेको गाडी मात्र चलाउन पाइनेछ ।

जिल्ला प्रशासन कार्यालय तनहुँले शनिबार साँझ एक सूचना जारी गरी पृथ्वी राजमार्ग हुँदै चल्ने रात्रीबसलाई आइतबार बिहान ४ बजेभित्र तनहुँ–१ को सडक पार गरिसक्न आग्रह गरेको छ ।

हेर्नुहोस् सूचना

पृथ्वी राजमार्गको तनहुँ १ खण्डमा भोलि गाडी नचल्ने

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्