टिकट होइन रोटीलाई बनाइयो प्रवेश पास  – Online Khabar

टिकट होइन रोटीलाई बनाइयो प्रवेश पास  – Online Khabar

[ad_1]

काठमाडौं । कुनै विशेष कार्यक्रममा छिर्नका लागि टिकट वा पासको व्यवस्था गरिएको हुन्छ । तर भारतको गुजरातमा एउटा यस्तो कार्यक्रम आयोजना गरियो जहाँ टिकट होइन रोटी देखाएर प्रवेश पाउने व्यवस्था थियो ।

गुजरातको पाटनस्थित रोटलिया हनुमान मन्दिरमा आयोजित गायक कीर्तिदान गढवीको भजन कार्यक्रममा प्रवेशका लागि मानिसहरुलाई टिकटको साटो रोटी ल्याउनका लागि आह्वान गरिएको थियो । अर्थात् भजन कार्यक्रममा प्रवेशका लागि मानिसहरुले आफूसँग रोटी ल्याउनु अनिवार्य गरियो ।

प्रायः मानिसहरु मन्दिरमा द्रव्य तथा सुनचाँदी दान गर्दछन् अनि प्रसादको रुपमा नरिवल, मिठाइ आदि चढाउँछन् । तर रोटलिया हनुमान मन्दिरमा चाहिँ हनुमानलाई प्रसादको रुपमा सधैं रोटी नै चढाइन्छ ।

रोटलिया हनुमान मन्दिरको वार्षिकोत्सवमा भगवानका लागि भजन गाउने तथा कथा, संस्कृतिको वर्णन गर्ने लोक दयारो नामक एक साहित्यिक तथा सांगीतिक कार्यक्रम आयोजना गरिएको थियो जहाँ चर्चित गायक कीर्तिदान गढवीले प्रस्तुती दिएका थिए ।

गुजरातमा यस्ता दयारो कार्यक्रममा कलाकारहरुमाथि पैसाको वर्षा गर्ने प्रचलन छ । तर रोटलिया हनुमान मन्दिरमा भने गायक कीर्तिदानमाथि पैसाको वर्षा भएन, उनको अगाडि रोटीको पहाड थुप्राइयो ।

टिकट होइन रोटीलाई बनाइयो प्रवेश पास  – Online Khabar

उक्त कार्यक्रममा प्रवेशका लागि एउटा रोटला (मोटो रोटी) वा दशवटा रोटली (पातलो रोटी) ल्याउने नियम बनाइएको थियो । पशुअधिकार तथा कल्याणको क्षेत्रमा सम्बन्धित ठूलो संख्याका मानिसहरु कार्यक्रममा सहभागी भए । लोक दयारो सुरु भएको केहीबेरमै मञ्च रोटीले भरियो, जसलाई प्रसादको रुपमा मञ्च नजिकै जम्मा गरियो ।

हनुुमान मन्दिरमा आयोजित लोक दयारो कार्यक्रममा प्रवेशका लागि रकम तिरेर टिकट वा पास दिनुको साटो रोटी लिएर आउने नियम बनाउनुको खास कारण रहेछ । किनकि सो कार्यक्रमको उद्देश्य नै भुस्याहा कुकुर तथा अन्य जनावरहरुका लागि खानेकुरा जम्मा गर्नु रहेको थियो । कार्यक्रममा जम्मा भएको ठूलो परिमाणको रोटीलाई भुस्याहा कुकुर तथा अन्य बेसहारा जनावरहरुलाई खुवाउनका लागि प्रयोग गरिएको छ ।

–एजेन्सी

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्