बाइक हाँक्दै नेपाल आइपुगे दक्षिण भारतीय सुपरस्टार अजित कुमार

बाइक हाँक्दै नेपाल आइपुगे दक्षिण भारतीय सुपरस्टार अजित कुमार

[ad_1]

काठमाडौं । दक्षिण भारतीय सुपरस्टार अजित कुमार बाइक हाँक्दै नेपाल आइपुगेका छन् । आइतबार धुनषाको ढल्केबरमा देखिएका उनी सोमबार झापाको सुरुंगा पुगेका छन् । बाइकसहित उनी केही सहयोगीसँग पूर्वी नेपालमा आइपुगेका हुन् ।

मोटरसाइकल हाँक्दै उनी नेपाल आइपुगेको भिडियो र तस्वीरलाई फ्यानले सामाजिक सञ्जालमा भाइरल बनाएका छन् । फिल्म छायांकन नभएर उनको नेपाल आगमन बाइक राइडिङ रहेको हुन सक्ने अनुमान गरिएको छ । गत वर्ष उनी बाइक हाँक्दै थाइल्याण्ड पुगेका थिए ।

उनी कार र बाइक संकलनका सौखिन अभिनेता समेत हुन् । गत वर्ष उनी अभिनित ‘भलिमाई’ नेपालमा समेत रिलिज भएको थियो । उनी तमिल सिनेमा उद्योगका चर्चित अभिनेता हुन् ।

बाइक हाँक्दै नेपाल आइपुगे दक्षिण भारतीय सुपरस्टार अजित कुमार

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्