रवि लामिछानेका गाडी चालक तीन तला माथिबाट खसेको अवस्थामा भेटिए, अवस्था गम्भीर

रवि लामिछानेका गाडी चालक तीन तला माथिबाट खसेको अवस्थामा भेटिए, अवस्था गम्भीर

[ad_1]

रवि लामिछानेका गाडी चालक तीन तला माथिबाट खसेको अवस्थामा भेटिए, अवस्था गम्भीर

रवि लामिछानेका गाडी चालक गएराति सुतेको घर ।

४ वैशाख, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका सवारी चालक चितवनको भरतपुरस्थित घरको तीन तला माथिबाट तल खसेको अवस्थामा फेला परेका छन् ।

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–३ घर भएका ३९ वर्षीय शम्भु भन्ने दिलबहादुर थापा आज बिहान ४ बजे घरको छतबाट तल भुइँमा खसेको अवस्थामा भेटिएका हुन् ।

प्रहरीका अनुसार गम्भीर घाइते थापाको टाउको र खुट्टामा चोट लागेको छ । उनको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेसमा उपचार भैरहेको छ ।

उनी रास्वपाका महामन्त्री मुकुल ढकालका सवारी चालक कालुराम राजवंशीसँगै राति छतमा सुतेका थिए ।

लामिछानेलाई लिएर थापा आइतबार तनहुँको दमौली पुगेका थिए भने आज बारा जाने कार्यक्रम थियो । बिहान भरतपुरका विभिन्न स्थानमा घरदैलो गर्ने कार्यक्रम थियो ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्