ए डिभिजन लिगको खेलस्थलमा बी डिभिजन क्लबको प्रदर्शन

ए डिभिजन लिगको खेलस्थलमा बी डिभिजन क्लबको प्रदर्शन

[ad_1]

३ वैशाख, काठमाडौं । पटक पटक मिति तोकिएर स्थगित हुँदै आएको शहीद स्मारक बी डिभिजन लिग आयोजनाका लागि दवावस्वरुप क्लबहरुले ए डिभिजन लिगको खेलस्थलमा सांकेतिक प्रदर्शन गरेका छन् ।

आइतबार च्यासल रंगशालामा संकटा र एपीएफबीच प्रतिस्पर्धा भइरहेको थियो । दुई टिमका खेलाडीको जर्सी जुधेपछि २० मिनेट ढिला गरी खेल सुरु भएको थियो ।

मैदानमा खेल भइरहँदा च्यासल रंगशालाको प्यारापिटमा भने अजीव दृश्य देखियो । हातमा प्लेकार्ड बोकेका केहि व्यक्तिहरु फुटबल प्रतियोगिता आयोजनाको माग गरिरहेका थिए ।

अखिल नेपाल फुटबल संघ एन्फाले सुरुमा १५ चैत र पछि २९ चैतदेखि बी डिभिजन लिग सुरु गर्ने निर्णय गरेको थियो । तर, अहिलेसम्म प्रतियोगिता सुरु हुन सकेको छैन ।

बी डिभिजन क्लबहरुले प्रतियोगिता हुने र नहुनेमा आफूहरु अन्योलमा रहेको बताएका छन् । ‘कि एन्फाले प्रतियोगिता आयोजना गर्नुपर्‍यो, होइन भने यो वर्ष आयोजना गर्न सक्दैनौं भन्नुपर्‍यो,’ प्रदर्शनमा उपस्थित बी डिभिजन क्लब सरस्वतीका अध्यक्ष शिक्षित पराजुलीले अनलाइनखबरसँग भने, ‘प्रतियोगिताको तयारीका लागि लामो समय खर्च भइसकेको छ । हाम्रो खर्च बढिरहेको छ तर खेल्न पाइरहेका छैनौं ।’

१४ पुसमा एन्फा र क्लबबीचको छलफलले १५ चैतदेखि बी डिभिजन लिग आयोजना गर्ने सहमति गरेको थियो । सो समयमा लिग हुन नसकेपछि १७ चैतमा बसेको एन्फा कार्यसमिति बैठकले २९ चैतदेखि प्रतियोगिता सन्चालन गर्न नयाँ मिति तोक्यो ।

अहिले एन्फाले बजेट अभावका कारण प्रतियोगिता समयमा सन्चालन गर्न नसकेको भन्दै गैरजिम्मेवार तर्क गरिरहेको क्लबहरुले बताएका छन् ।

ए डिभिजन लिगको खेलस्थलमा बी डिभिजन क्लबको प्रदर्शन

गत साता बी डिभिजनका १४ मध्ये १३ क्लबले प्रतियोगिताका लागि तयारी गरे पनि खेल्न नपाउँदा आफूहरुको ४५ दिनको क्षतिपूर्ति माग गरी एन्फामा निवेदन दिएका थिए ।

एन्फाले बी डिभिजन क्लबहरुलाई दिनुपर्ने १४ लाख ५० हजार रुपैयाँ तयारी खर्च पनि अहिलेसम्म दिएको छैन ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्