अन्तर्राष्ट्रियस्तरको पढाइ, अत्याधुनिक कक्षा – Online Khabar

अन्तर्राष्ट्रियस्तरको पढाइ, अत्याधुनिक कक्षा – Online Khabar

[ad_1]

काठमाडौं । बालबच्चा कस्तो वातावरणमा रमाउँछन् ? कस्तो कक्षा कोठा देख्दा उत्साहित हुन्छन् ? कसरी पढाउँदा बढी उत्सुक हुन्छन् ? कस्ता पठन सामग्रीमा आकर्षित हुन्छन् ? के-कस्ता माध्यमबाट आफ्ना रुचि र खूबी पहिल्याउँछन् ? कसरी ज्ञान-विज्ञानले आफूलाई परिपक्व बनाउँछन् ? कसरी सिकाइ र सीपको तालमेल मिलाउँछन् ? कसरी असल नागरिक बन्न प्रेरित हुन्छन् ?

यी सबै प्रश्नको एकमुष्ठ उदाहरण पेश गर्न चाहन्छ, जेभियर इन्टरनेसनल स्कुल । विद्यालयले यस्तो रचनात्मक धरातल तयार गर्दैछ, जहाँ बालबच्चाले आफ्नो शिक्षा र शिल्पलाई जीवनोपयोगी बनाउने सक्नेछन् ।

यसै शैक्षिक सत्रदेखि विद्यालयले बौद्धबाट चावहिलको मैजुबहालमा आफ्नो भवन स्थान्तरण गरेको छ । ‘पुग्दो शैक्षिक पूर्वाधारसहितको यो भवनले मात्र विद्यालयलाई नयाँपन दिने छैन,’ विद्यालयका प्रिन्सिपल गोपाल भण्डारी भन्छन्, ‘शैक्षिक पद्धतिले पनि यसलाई उन्नत र उदाहरणीय तुल्याउनेछ ।’

के छ नयाँ ?

विद्यालयको मेरुदण्ड भनेकै सिकाइ वा शिक्षण प्रणाली हो । जेभियर इन्टरनेसनल स्कुलले यसै शैक्षिक सत्रदेखि पठन पद्धतिलाई थप परिस्कृत र प्रयोगात्मक बनाउँदैछ । विद्यालयले क्याब्रिज पाथवेजको पाठ्यक्रम लागू गर्ने प्रिन्सिपल भण्डारी बताउँछन् । यो त्यही पाठ्यक्रम हो, जुन विश्वभरका १६० देशका १० हजार बढी विद्यालयमा पठनपाठन हुन्छ । यसको अर्थ स्वदेशमै बालबच्चाले ‘अन्तर्राष्ट्रियस्तरका शिक्षा’ पाउनेछन् ।

अन्तर्राष्ट्रियस्तरको पढाइ, अत्याधुनिक कक्षा – Online Khabar
स्कुलका प्रिन्सिपल गोपाल भण्डारी

‘उक्त पाठ्यक्रम कक्षा १ देखि ७ सम्म लागू हुनेछ,’ भण्डारी भन्छन्, ‘यसका निम्ति क्याम्ब्रिजले दिएको सम्पूर्ण मापदण्ड विद्यालयले पूरा गरेको छ ।’ विद्यालयको भौतिक संरचना कस्तो छ ? नेतृत्व कस्तो छ ? व्यवस्थापन कस्तो छ ? विद्यालयको दीर्घकालीन लक्ष्य के छ ? यसलाई मूल्यांकन गरेर मात्र क्याब्रिजले कुनै पनि विद्यालयलाई आफ्नो सम्बन्धन दिने गरेको छ ।

जेभियरमा पढेका विद्यार्थीलाई विश्व बजारमा प्रतिस्पर्धा गर्न योग्य बनाउने ध्येयले क्याम्ब्रिजको पाठ्यक्रम लागू गरिएको बताइन्छ । ‘उक्त पाठ्यक्रमले विद्यार्थीलाई लक्ष्य प्राप्तिका लागि सहज बाटो देखाउनेछ,’ प्रिन्सिपल भण्डारी भन्छन्, ‘साथै पाठ्यक्रमको लचिलोपनले बच्चाले चाहेअनुसारको वातावरण पाउनेछन् ।’ जुनसुकै पृष्ठभूमिको विद्यार्थीले पनि क्याम्ब्रिजको पाठ्यक्रम सहज रुपमा बुझ्ने उनको भनाइ छ ।

उन्नत शैक्षिक पूर्वाधार

अन्तर्राष्ट्रियस्तरको पाठ्यक्रमले मात्र विद्यार्थीको सर्वाङ्गीण विकास हुँदैन । त्यसका लागि विद्यालयको कक्षा कोठादेखि खेलमैदानसम्म, विज्ञान प्रयोगशालादेखि कला-कक्षासम्मको समुचित व्यवस्थापन जरुरी हुन्छ । यो आवश्यकतालाई पनि पूरा गरेको छ, जेभियर इन्टरनेसनलले ।

जेभियर इन्टरनेसनल स्कुलको कक्षाकोठा

प्रवेश गरौं कक्षाकोठाबाट । फराकिला, खुला, सफासुग्घर कक्षाकोठा । हरेक विद्यार्थीका लागि छुटाछुटै टेबल-कुर्सी । यस्तो टेबलकुर्सी जसलाई बच्चाले आफ्नो अनुकूलता अनुसार प्रयोग गर्न सक्छन् । विद्यालय व्यवस्थापकको मान्यता छ, ‘बच्चाका लागि यो एउटा उर्वर बगैंचा जस्तै हो । उनीहरुलाई कक्षा कोठामा खेलेर, सुतेर, बातचित गरेर स्वच्छन्द ढंगले नयाँ नयाँ कुरा सिक्ने अनुकूलता हुनेछ ।’

विद्यार्थीलाई समूहमा छलफल गराइनु, डिजिटल बोर्डमा श्रव्यदृश्य माध्यमबाट पाठ बुझाउनु कक्षाकोठाको खास विशेषता हुन् । कक्षामा विद्यार्थीले गुगल, च्याट जीपीटी लगायत कुनै पनि स्रोत प्रयोग गर्न पाउँछन् । पाठ्यपुस्तकमा मात्र सीमित गराइँदैन ।

पुग्दो पुस्तकालय, मनग्य खेल मैदान

जेभियर इन्टरनेसनलले विद्यार्थीलाई पढाइमा मात्र होइन, अतिरिक्त गतिविधिमा पनि उत्तिकै प्रेरित गरिन्छ । बच्चाको रुचि के छ ? खुबी के हो ? सोही अनुरुप उनीहरुलाई अनुकूल वातावरण दिइन्छ । बच्चाले छानीछानी पुस्तक पढ्न रुचाउँछन् कि नाच्न गाउन ? खेलकुदमा लाग्न चाहन्छन् कि विज्ञान प्रविधिमा ? सबै सुविधा उपलब्ध गराइन्छ ।

६ रोपनी क्षेत्रमा फैलिएको विद्यालयको हाताभित्र बास्केटबल कोर्टदेखि स्विमिङ पुलसम्म छ । कुनै बालबच्चा खेलकुदमा लाग्न चाहन्छन् भने उनीहरुलाई दक्ष प्रशिक्षकले थप सहयोग गर्नेछन् । पर्याप्त स्रोत-सामग्रीसहितको पुस्तकालय, विज्ञान अनि कम्प्युटर प्रयोगशालादेखि चित्रकला, वाद्यवादन, नृत्य आदिको छुटाछुटै व्यवस्था छ ।

विद्यालय हातामा अत्याधुनिक चमेनागृह पनि छ, जहाँ बालबच्चालाई ताजा, पोषिलो खाजा दिइन्छ । हरेक दिन फरक-फरक खानेकुराको व्यवस्था छ । विद्यालयको क्यान्टिनमा थ्रि स्टार लेभलको होटलले व्यवस्थापन गर्ने खानपान दिइने उनले बताए । ‘यहाँको क्यान्टिन पाँचतारे होटलमा काम गरेका अनुभवी सेफको मातहातमा चल्नेछ’ प्रिन्सिपल भण्डारी भन्छन्, ‘स्वस्थ्य, ताजा, पोषिलो खानेकुरामा हामी कतिपनि सम्झौता गर्र्दैनौं ।’

विद्यालयमा कुनै पनि विद्यार्थीले असुरक्षा र हिंसा झेल्नु पर्दैन । विद्यार्थीको सुरक्षाका लागि विद्यालयले एकदमै कडाइ गरेको छ, चाहे त्यो स्टाफ भर्ना गर्दा होस् वा प्रविधिबाट निगरानी गर्दा नै । हरेक कक्षाकोठामा सीसी क्यामेरा छ ।

विद्यार्थीको शारीरिक तथा मानसिक स्वास्थ्यको लागि पनि विद्यालयले खास पहल गरेको छ । विद्यालयले स्वास्थ्य सुरक्षाका लागि स्टाफ नर्सको व्यवस्था गरेको छ । बालबच्चालाई विद्यालय पठाएपछि अभिभावकले कुनै पनि कुरामा चिन्ता लिनु नपर्ने प्रिन्सिपल भण्डारी बताउँछन् । ‘किनभने पढाइसँगै स्वास्थ्य र सुरक्षा पनि हाम्रो प्राथमिकतामा छ,’ उनी भन्छन्, ‘विद्यालय प्रवेश गर्ने जो कोहीको पूर्ण व्यक्तिगत विवरण लिने गरिन्छ ।’

रचनात्मक वातावरण

विद्यालय केवल पठनपाठन गर्ने थलो मात्र होइन । ‘बालबच्चाका लागि यो एउटा आफ्नै समाज हो, अनि आफ्नै संसार पनि । यहाँको रहनसहन, व्यवस्था, बोलीचाली आदिले समग्र विद्यार्थीको भावनात्मक विकासमा प्रभाव पार्छ,’ प्रिन्सिपल भण्डारी भन्छन् ।

अतिरिक्त क्रियाकलापमा विद्यार्थी

उनी थप्छन्, ‘विद्यालय हाताभित्र प्रवेश गरेपछि हरेक बच्चा खुसी र उत्सुक हुनुपर्छ । उनीहरुले यहाँ उत्तर घोकेर होइन, प्रश्न लिएर आउनुपर्छ । हामीले विद्यालयको वातारण नै बाल मनोविज्ञान अनुरुप रचनात्मक बनाएका छौं । यहाँ बच्चाहरु आफ्ना दौंतरीसँग घुलमिल भएर पनि धेरै जीवनोपयोगी कुरा सिक्नेछन् ।’

विद्यालयको प्राङ्गणदेखि कक्षा कोठासम्म सिर्जनशील बनाउने प्रयास गरिएको छ । यहाँ एउटा कक्षामा ३० जना विद्यार्थी पढाइन्छ । हरेक कक्षाको दुई सेक्सन हुनेछ । कक्षा १० सम्म यहाँ कुल ६०० जना विद्यार्थीले पठनपाठन गर्न सक्नेछन् ।

तस्वीर : आर्यन धिमाल/अनलाइनखबर

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्