डेढ महिनापछि वाणिज्य विभागमा नयाँ महानिर्देशक – Online Khabar

डेढ महिनापछि वाणिज्य विभागमा नयाँ महानिर्देशक – Online Khabar

[ad_1]

डेढ महिनापछि वाणिज्य विभागमा नयाँ महानिर्देशक – Online Khabar

गजेन्द्रकुमार ठाकुर

२८ चैत, काठमाडौं । रिक्त रहेको डेढ महिनापछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नयाँ महानिर्देशक पाएको छ ।

यसअघि मधेश प्रदेशमा रहेका सहसचिव गजेन्द्रकुमार ठाकुरलाई सरकारले सोमबारदेखि विभागको जिम्मेवारी सुम्पिएको हो । ठाकुर अर्थका क्याडर हुन् ।

१५ फागुनमा तत्कालीन उद्योग, वणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले तत्कालीन महानिर्देशक महेश भट्टराईको सरुवा गरेका थिए । ठूला व्यावसायिक घरानाका व्यवसाय माथि अनुगमन गरेको, पोस्ता दानाको कोटा खुलाउन विभागबाट असहयोग गरेको आरोप लगाउँदै मन्त्री भण्डारीले उनको सरुवा गरेका थिए ।

त्यसयताका डेढ महिना विभाग नेतृत्वविहीन थियो । अर्धन्यायिक अधिकार भएको विभाग नेतृत्व विहीन हुँदा बजार अनुगमनदेखि विभागका दैनिका कार्य नै प्रभावित भएको थियो ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्