सलमान खानलाई मिति तोकेरै आयो ज्यान मार्ने धम्की – Online Khabar

सलमान खानलाई मिति तोकेरै आयो ज्यान मार्ने धम्की – Online Khabar

[ad_1]

सलमान खानलाई मिति तोकेरै आयो ज्यान मार्ने धम्की – Online Khabar

बलिउड अभिनेता सलमान खान । फाइल तस्वीर

काठमाडौं । मुम्बई पुलिसलाई फोन गरेर अभिनेता सलमान खानलाई मार्ने धम्की दिने व्यक्तिलाई हिरासतमा लिइएको छ । धम्की दिने १६ वर्षीय किशोर रहेको मुम्बई प्रहरीले जनाएको छ । उनलाई ठाणे नजिकैको सहरबाट हिरासतमा लिएर थप अनुसन्धान भइरहेको जनाइएको छ ।

मुम्बई प्रहरीका अनुसार सलमानलाई सोमबार फोनमार्फत यस्तो धम्की आएको हो । धम्की दिनेले आफ्नो नाम रकी भाइ बताएका थिए । फोन गर्ने व्यक्तिले आफू राजस्थानको जोधपुरबाट भएको र ३० अप्रिलमा सलमानलाई मार्ने धम्की दिएका छन् । यसअघि पनि सलमानलाई धम्की दिइएको थियो ।

त्यतिबेला पनि जोधपुर निवासी ढाकदरामलाई पक्राउ गरिएको थियो । उनले सलमानको आधिकारिक मेलमा तीनवटा इमेल पठाएका थिए । यसमा लेखिएको थियो कि सलमान खान तिम्रो अर्को नम्बर हो, तिमी जोधपुर आउनेबित्तिकै सिद्धू मुसेवाला जस्तै मारिनेछौ ।

एक महिनाअघि ग्याङ्स्टर लरेन्स बिश्नोईले पनि सलमान खानलाई धम्की दिएका थिए । टिभी च्यानल एबीपीलाई दिएको अन्तर्वार्तामा लरेन्सले भनेका थिए, ‘यदि सलमानले बिश्नोई समुदायसँग माफी मागेनन् भने परिणाम भोग्न तयार हुनुहोस् । सिद्धू मुसेवाला हत्या प्रकरणका अभियुक्त बिश्नोईले सलमानले कालो हरिणको सिकार गरेर आफ्नो बिश्नोई समुदायको अपमान गरेको बताएका छन् । यस मामिलामा सलमानविरुद्ध मुद्दा पनि दर्ता भएको छ ।’

सलमान खानले हालै नयाँ बुलेट प्रुफ कार किनेका छन् । यो निसान पेट्रोल एसयूभी हो । सलमानले विदेशबाट आयात गरेका हुन् । हालसम्म यो गाडी बजारमा आएको छैन । सलमान खानले हालै नयाँ बुलेट प्रुफ कार किनेका छन् । यो निसान पेट्रोल एसयूभी हो । सलमानले यसलाई विदेशबाट आयात गरेका हुन् । हालसम्म यो गाडी बजारमा आएको छैन ।

५ अप्रिलमा एक पत्रकार सम्मेलनमा सलमानलाई सोधिएको थियो, ‘तिमी सिंगो भारतको भाइजान हौ । यस्तो अवस्थामा आफूले पाएको धम्कीलाई कसरी लिने ? जवाफमा सलमानले मुस्कुराउँदै भने, ‘म सारा भारतको भाइ मात्र होइन, म कसैको जान पनि हुँ । हामी धेरैको जीवन हौं ।’

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्