समयमा काम नगर्ने २८ ठेकेदार कम्पनीसँग भरतपुर महानगरले माग्यो स्पष्टीकरण

समयमा काम नगर्ने २८ ठेकेदार कम्पनीसँग भरतपुर महानगरले माग्यो स्पष्टीकरण

[ad_1]

२८ चैत, चितवन। भरतपुर महानगरपालिकाले ठेक्का सम्झौता गरेर समयमा नै काम नगर्ने, अलपत्र पार्ने निर्माण कम्पनीलाई कारबाही प्रक्रिया अगाडि बढाएको छ ।

महानगरपालिकाले एक सूचना प्रकाशन गर्दै समयमा नै २८ वटा निर्माण सम्बन्धी काम नगरेर अलपत्र छाडेका कम्पनीहरुलाई किन कारर्वाही नगर्ने भनेर स्पष्टीकरणसहितको कारबाही प्रक्रिया अगाडि बढाएको हो ।

प्रदिप निर्माण सेवाले ४, विक्रमबाबा कन्स्ट्रक्सन प्रालिले ८, युविना कन्स्ट्रक्सन एण्ड सप्लार्यस प्रालिले २, लोहनी लोहनी एण्ड सन्स दाजुभाइ जेभीले १, अमृत कश्यप जेभीले १, धुलिखेल निर्माण सेवा प्रालिले २, उर्जा कृष्ण जेभीले ४, प्रशंशा कन्स्ट्रक्सन प्रालिले १, वर्ल्डवाइड धुलिखेल निर्माण जेभीले १, शिवस्थल निर्माण प्रालिले १, जिएमआर दाजुभाइ प्रालिले १, एसस हिमालयले १, भूमेस्थान निर्माण प्रालिले १ निर्माण सम्बन्धी कामलाई अलपत्र पारेको महानगरले जनाएको छ ।

यी निर्माण कम्पनीहरुले अधिकांश कालोपत्रे सम्बन्धी कामको ठेक्का लिएर अलपत्र पारेका हुन्। महानगरपालिकाले तोकिएको समय भित्र निर्माण सम्पन्न गर्न ठोस पहल नगरेको कारवाही प्रक्रिया अगाडि बढाएको जनाएको छ ।

सूचना जारी भएको मितिले ७ दिन भित्र आफैं उपस्थित भएर चित्तबुझ्दो जवाफ नदिएमा वा तत्काल कार्य अगाडि नबढाएमा कानुन अनुसार कारवाही थप अगाडि बढाउने महानगरले जनाएको छ ।

पटक पटक सूचना, लिखित र मौखिक निर्देशन दिँदा पनि ठेकेदारहरुले काम सुरु गरेका छैनन् । सार्वजनिक खरिद ऐन २०६३, खरिद नियमावली २०६४ र ठेक्का सम्झौता प्रावधानको (जिसीसी ७२) प्रावधान अनुसार ठेक्का सम्झौता तोडेर कार्य सम्पादन जमानत जफत गर्न, कालो सूचीमा राख्न, हर्जना असुल गर्ने र बाँकी निर्माण कार्यहरुको मूल्याङ्कन गरी ठेक्का सम्झौता बमोजिम सरकारी सम्पत्ति बाँकी सरह असुल उपर गर्नेलगायतका कारबाही किन अगाडि नबढाउने भनेर महानगरले प्रश्न सोधेको छ ।

महानगरले उल्लेखित स्पष्टीकरण पेश नगरी बसेमा वा चित्तबुझ्दो स्पष्टीकरण पेश नगरेमा सम्झौता बमोजिम कारबाही अगाडि बढाउने जनाएको छ ।

हेर्नुहोस् भरतपुर महानगरले जारी गरेको सूचना :

समयमा काम नगर्ने २८ ठेकेदार कम्पनीसँग भरतपुर महानगरले माग्यो स्पष्टीकरण

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्