संक्रमणकालीन न्यायको विषयमा अन्तरक्रिया गर्दै माओवादी

संक्रमणकालीन न्यायको विषयमा अन्तरक्रिया गर्दै माओवादी

[ad_1]

संक्रमणकालीन न्यायको विषयमा अन्तरक्रिया गर्दै माओवादी

नेकपा माओवादी केन्द्रका नेताहरु । फाइल तस्वीर

२७ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रले नेपालको शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायको विषयमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । प्रमुख सत्तारुढ दल माओवादी केन्द्रले शान्ति प्रक्रियासँग सम्बन्धित अन्य राजनीतिक दल र विभिन्न सरोकारवाला पक्षहरूसँग आज अन्तरक्रिया गर्न लागेको हो ।

कार्यक्रम सोमबार (आज) दिउँसो प्रज्ञा भवन कमलादीमा हुने माओवादी केन्द्रका कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए ।

सशस्त्र द्वन्द्वकालमा भएका गम्भीर मानवअधिकार उल्लंघनसम्बन्धी घटनालाई लिएर सर्वोच्च अदालतले दिएको आदेश र राष्ट्रिय मानवअधिकार आयोगलगायत संस्थाहरूले संक्रमणकालीन न्यायलाई यथाशीघ्र टुङ्गोमा पु¥याउन आग्रह गरेपछि सरकारले यससम्बन्धी विधेयक संसदमा लिएको छ ।

यसै विषयमा छलफल गर्न आज माओवादी धाराका सबै राजनीतिक दल र अन्य सरोकारवाला पक्षसँग माओवादी केन्द्रले छलफल गर्न लागेको हो ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्