२ दिनमा युरोप छिर्न प्रयासरत कम्तिमा २४ आप्रवासीको डुङ्गा डुबेर मृत्यु

२ दिनमा युरोप छिर्न प्रयासरत कम्तिमा २४ आप्रवासीको डुङ्गा डुबेर मृत्यु

[ad_1]

२ दिनमा युरोप छिर्न प्रयासरत कम्तिमा २४ आप्रवासीको डुङ्गा डुबेर मृत्यु

Photo Credit : Wahid Dahech/ Handout via REUTERS

२६ चैत, काठमाडौं । ट्युनिसियाको दक्षिणपूर्वी तटमा शुक्रबार राति एउटा डुङ्गा डुब्दा कम्तीमा उल्लेख्य संख्यामा आप्रवासीको मृत्यु भएको छ । समाचार संस्था एपीका अनुसार पछिल्लो दुई दिनमा भएका डुंगा दुर्घटनामा परेका २४ जनाको शव निकालिएको छ भने ३६ को उद्धार गरिएको छ । स्थानीय अधिकारीहरूका अनुसार तीन यात्री अझै बेपत्ता अवस्थामा छन् ।

सब–सहारा मुलुकका आप्रवासी बोकेको उक्त डुङ्गा शुक्रबार राति स्फ्याक्सको तटबाट युरोपतर्फ प्रस्थान गरेको स्फ्याक्सको कोर्ट अफ फस्र्ट इन्स्टेन्सका प्रवक्ता फाउजी मसमौदीले सिन्ह्वालाई बताए ।

मध्य भूमध्यसागरमा अवस्थित ट्युनिसिया अवैध आप्रवासीहरूको लागि युरोप जाने मुख्य प्रस्थान बिन्दुहरूमध्ये एक हो ।

ट्युनिसियाली अधिकारीहरूले चालेको कडा कदमको बावजुद पनि ट्युनिसियाली तटबाट अवैध आप्रवासन बढ्दो छ ।

यो वर्ष इटालीको किनारमा पुग्न खोज्ने आप्रवासीको संख्या बढेको छ। ट्युनिसियन फोरम फर इकोनोमिक एन्ड सोशल राइट्सका अनुसार यस वर्षको पहिलो तीन महिनामा युरोप पुग्ने क्रममा १३२ आप्रवासीको मृत्यु वा बेपत्ता भएका छन् । एपी/सिन्ह्वा

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्